जनप्रतिनिधिको आगमन संगै समृद्ध बन्दै, सभापोखरी गाउँपालिका

जनप्रतिनिधिको आगमन संगै समृद्ध बन्दै, सभापोखरी गाउँपालिका

कविता पोखरेल ।

ब्यवस्थामा आएको परिवर्तन र जनप्रतिनिधिको आगमनसंगै सङ्खुवासभा जिल्लाको सभापोखरी गाउँपालिका समृद्धि तर्फको यात्रा अगाडि बढेको अध्यक्ष रत्न बहादुर सुब्बाले बताउनु भयो ।

उहाँका अनुसार पालिकाले नगरको केन्द्रसम्म सबै वडालाई जोड्ने सडकको निर्माण कार्य सम्पन्न गरिसकेको छ । यस्तै गाउँपालिकाको सम्पुर्ण वडाहरुमा स्वास्थ्य चौकीको ब्यवस्था गरिएको छ । गाउँपालिकाले एक घर एक धारा को रणनीति लागू गरि खानेपानीको ब्यस्था पनि गरि सकेको छ । विद्युतिय सेवा सबै नगरबासीमा पुगिसकेको छ । शैक्षिक क्षेत्रको बिकासको लागि प्राबिधिक शिक्षामा जोड र सुबिधा सम्मपन्न बिधालय भवनको निर्माण भएको छ । कृषी तथा पशुपालनको लागि पनि किसानहरु लाई बिना धितो र बिना ब्याज ऋण दिने जस्ता कामहरु पनि पालिकाले थालेको छ ।

फलफूल खेती र नगदेवालीको बिकासमा पनि पालिकाले जोड दिएको छ। भावी दिनमा यी लागायत यस्तै बिकास र समृद्धि तर्फका कामहरु पालिकाले अगाडि बढाई रहेको गाउँपालिकाका अध्यक्ष सुब्बाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्