खोटाङ जिल्लामा पर्ने रावाबेंशी गाउँपालिकाले बिकासमा गति लिदै गरेको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताउनु भयो ।
उहाका अनुसार गाउँपालिका ले गाउँपालिकाको केन्द्र सम्म सबै वडालाई जोड्ने सडकको निर्माण कार्य सम्पन्न गरि सकेको छ भने सबै वडामा सुबिधा सम्पन्न अस्पतालको ब्यवस्था गर्न डिपिआरको काम सकेको छ ।
त्यस्तै एक घर एक धारा को रणनीति लागू गरि खानेपानीको ब्यस्था पनि गरि सकेको छ ।
शैक्षिक क्षेत्रको बिकासको लागी प्राबिधिक शिक्षामा जोड र सुबिधा सम्मपन्न बिधालय भवनको निर्माण गरेको छ ।
त्यस्तै बिधुतिय सेवा सबै पालिका बासीमा पुगिसकेको छ ।
बिश्वब्यापी महामारी कोरोना भाइरस को प्रभावले केही समय ढिला भएको गाउँपालिकाको भवन निर्माण कार्य पनि चाडैं सम्पन्न हुने पालिका अध्यक्ष निरौलाले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्