चितवन / चितवनको रामपुरमा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काएका स्थानीयले आज आफैले बार उठाएका छन् । शनिबार विहान स्थानीयबासी र विभिन्न संघसंस्थाका युवाहरुको बाक्लो सहभागिता पुनः बार उठाइएको हो ।
केही स्थानीयले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काएपछि निर्माण कार्य रोकिएको थियो । शनिबार चितवनका सबै क्षेत्रका व्यक्ति मिलेर निर्माणाधीन रंगशालाको बार पुनर्निमाणमा जुटेका हुन्। शुक्रबार स्थानीय स्तरका विभिन्न संघ संस्थाहरुबीच भएको सहमति अनुसार नै भत्किएको बार बनाउन सर्वपक्षीय तथा सर्वदलीय संस्थाहरुको सहभागिता रहेको थियो । गएको बुधबार स्थानीय केही व्यक्तिले बाटोको विवादमा निर्माणाधीन रंगशालाको बार डोजर लगाएर भत्काएका थिए ।
चितवन क्षेत्र नम्बर दुईका संघीय सांसद कृष्णभक्त पोखरेल, भरतपुर महानगरकी मेयर रेणु दाहाल, प्रदेश सांसदहरु, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, नागरिक समाज, विभिन्न पेशागत संघसंस्थाहरुका प्रतिनिधि शनिबार बिहानैदेखि भत्किएको बार निर्माणमा जुटेका छन् । त्यस्तै बार बनाउने काममा स्थानीयहरुको पनि उल्लेख्य सहभागिता रहेको छ । बार भत्काउने व्यक्तिलाई स्थानीय प्रशासनले कारबाहीसमेत अगाडि बढाएको छ । स्थानीय भने धुर्मुस सुन्तली फाउण्डेसनको रंगशाला निर्माण कार्यमा एकजुट भएर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
धुर्मुसले भनेः जति अवरोध आएपनि रंगशाला बनाउँछौं
यो पनि पढ्नुहोस्ः–
रंगशाला डोजरकाण्डः उसो भए अब रंगशाला बन्दैन त ? विप्लवका नेताले किन यसो भने ?
धुर्मुस सुुन्तली फाउण्डेसनले चितवनको रामपुरमा निर्माण गरिरहेको क्रिकेट रंगशालाले यतिबेला सामाजिक सञ्जाल गर्माएको छ । डोजर लगाउने कार्यको चौतर्फी आलोचना भईरहेको छ । नेकपाका स्थानिय नेता प्रकाश कँडेलको नेतृत्वमा गएको टोेलीले डोजर चलाए पछि अहिले यो विषय व्यापक चर्चाको घेरामा रहेको छ ।
सबैले उक्त कदमको विरोध गरेका छन् । निर्माणाधीन रंगशालामा डोजर चलाउँने कदमको विरोध भइरहँदा किन स्थानियले डोजर चलाए भन्ने कोणबाट बहस कमै भएको छ । यसै विच अभियान्ता एवम् नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपामा नेता नरबहादुर कार्कीले फरक कोणबाट केहि प्रश्न उठाएका छन् । ‘धुर्मुस–सुन्तली र डोजर’ शीर्षकमा एक आलेख लेख्दै कार्कीले धुर्मुस माथिनै केहि प्रश्नहरु उठाएका छन् ।
यस्तो छ नेता कार्कीले लेखेको आलेखः–
धुर्मुस-सुन्तली र डोजर
रङशाला बन्ने बनाउने र आम नेपालीको हौसला आँफैमा सकारात्मक त हो नै त्यसमा पनि देश बिदेशमा रहेका नेपालीको आर्थिक सहयोग मिसिएपछी यो सार्वजनिक महत्वको र सम्बेदनाको बिषय पनि हो । प्रसन्सा, चुनौती र बिकासको यो मोडेल बारे स्वभाविक छलफल र धारणा आउने नै भये । यो हप्ता स्थानियको सन्लग्नतामा डोजर चल्यो, तार बार भात्काइयो र एस्तो हर्कत बारे तिब्र आलोचना र प्रशासनिक कार्वाही अघी बढेको छ ।
बिबादको बहाना के हो, आ(आफ्नै मत छन । धुर्मुसले रुदै बयान गरे यो कमिसन र ठेक्का वक्ष् अन्य फाईदाको लागि आफुलाई दवाब दिएको र बाटोको बिवाद भएको कारण बार भत्काएको हो । स्थानियले आफु सुकुम्बासी बन्ने डरले बाटो बारे धेरै पटक बार्ता गरेको तर समाधान नहुँदा आक्रोषले यो गल्ती गर्न पुगेको हो ।
तपाईं रुनुभो, सुन्तली जङिनुभो । म तपाईंलाई बिकासको दर्शन बारे थोरै समिक्षा गर्न अनुरोध गर्छु ।
यो डोजरले त्यती भौतिक नोक्सानी गरेको छैन जती सान्केतिक रुपमा बिकास मोडेललाई गरेको छ । छोटोमा भन्दा सबै चिज सबैका लागी बराबर सम्बेदनाका हुँदैनन । डोजरले रङशाला नै किन छोयो त?
अब अली गहिराइ बाट बिश्लेषण गरौ- यो भन्दा अघिल्ला नमुना परीयोजनामा किन एस्ता बिबाद आएनन? किन बिरोध थिएन? के बाटो मात्र कारण थियो त? किन कमिसन मागेनन? मलाई लाग्छ, जुन दिन स्थानिय देखी केन्द्र स्तरका राजनीतिक शक्तिको पक्षधरता र बिकासको प्रभाव र त्यसको राजनीतिक लाभ जोडीन पुग्यो- कती पयले भनेका थिए- अब यो रङशाला या त बन्दैन वा बिवादमा बन्छ वा धुर्मुस सुन्तलिको छबी बिगारने भो ।
ठुलो लगानी भनेको जग्गा थियो, जग्गा सरकार सँग थियो र सरकार राजनीतिक रङको हुन्छ- धुर्मुस सुन्तलिले आँफै यो रोजाइ लिनु स्वभाविक थियो । तर यो रोजाइले रङशाला भन्दा लामो र समाजसेवा भन्दा पर तन्काउथ्यो फाउण्डेसन् को काममा मिसिएको राजनीतिक रङ ।
सुन्दरलाल, चण्डी प्रशाद, गौरादेवीहरु- यि नाम भारतको गढ्वालका ७०को दशकका प्रख्यात नाम जसले ’चिप्को आन्दोलन’ चलाए, त्यहा बाट सापट लिएको छु । बिकासका काममा स्थानियलाई बिकास बिरोधि भन्नु पर्ने दिन आउनु पहिले अभियन्ता हरुले सोच्नै पर्ने केही महत्वपूर्ण पक्ष छन, जो ’चिप्को आन्दोलनले’ सिकायो ।
आफ्नो बन जङल बिनास हुने देखेपछी , पर्यावरणको क्ष्तिले मानव जीवनमा र उनिहरुको मनोभावना माथि आघात पुग्ने देखे पछी गढवाली महिला पुरुषले आफ्नो जङल बचाउ न रुखहरुमा अङालो हालेर चिप्के पछी यो आन्दोलन चिप्को आन्दोलनको रुप लियो ।
सरकारले बिकासको नाममा ठेकेदारलाई रुख काटन आदेश दिएपछी मान्छे रुख अङालो हाल्न पुगे- यो सत्याग्रहमा उनिहरुले भने “रुख काटिनु पहिले हाम्लाई काट“ । यो बिरोधको मोडेलले भारत मात्र होइन धेरै देश लाई सान्केतिक शिक्षा र बिकास बारे सोच्ने तरिका फेर्न सघायो ।
त्यस कारण परीयोजनाको भौतिक पक्ष भन्दा पहिले- वातावरणिय पक्ष आकलन जरुरी भयो । रङशालाको निर्माणको काम थालनी सँग सामाजिक, वातावरणिय प्रभावको पक्ष जरुर बिष्लेषण भो होला ।
त्यती ठुलो परीयोजनामा जरुर यो कुरा जोडीन्छ । धारणा, बक्तब्य, प्रचारबाजी र प्रतिकृया सुन्दा मलाई शन्का लाग्यो, कतै तपाईं हरुले यो पक्ष नजर अन्दाज त गर्नु भएन? अक्सर शक्ती र सत्ताको बढी पहुचले, साना मान्छे लाई नजरन्दाज गर्ने गल्ती हुन्छन ।
अथवा कतै भावना र सदासयताको मौसमी सुबिधा मात्रा हेरियो कि? आफु राम्रो छु, सबैले राम्रो भनेका छन भन्ने सोच्दा, ठुला पारीयोजनाका ठुला प्रभाव भित्र- साना मान्छेका साना चासो सुनिएनकी?
बिकास जब भौतिक आर्थिक र यान्त्रिक पक्ष लाई मात्र केन्द्रमा राखेर सोचिन्छ( तब त्यसले मानबिय समस्या र प्रतिकृया सँग जुध्नु पर्छ । आज धेरै पश्चीमा देशले भोगेको जटिलता यही हो । मान्छेलाई आफु सुकुम्बासी हुन्छु कि भन्ने पिर भन्दा बढी रङशालाको माया नलाग्न सक्छ । हरेक बिकासको केन्द्रमा आफ्नो कुनैन कुनै भलाई देख्नु सामाजिक स्वभाव हो र आवश्यकअता पनि ।
जब हामी मसिन, मनि र मेटेरियल सोलुसन खोज्छ, जब हामी बिकास लाई आफ्नो आँखा बाट हेर्छौ, जब हामी अरुलाई आफ्नो बुझाईको आवश्यकता लादन खोज्छौ, मान्छे हरु बिकास इन्कार गर्छन् ।
किनकी आवश्यकता सापटी लिदैनन मान्छे हरु । सपनाका साझेदार बन्नु सजिलो छ, आवश्यकता अरुबाट अनुवाद गराउन गाह्रो छ । तपाईंका अघिल्ला परीयोजनाहरु आवश्यकता थिए मान्छेका क्ष् तर रङशाला रोमान्चक सपना । सपनामा साघुरो हुन कोही चाहदैनन, सबै रमाउन चाहन्छन(
समाजसेवाको आफ्नै दाँयारा छ, समाजले कसरी प्रतिकृया दिन्छ त्यसको पनि सापेक्षता छ । शायद समाजसेवा छोडेर सपना र आदर्शको राजनीतिमा पुगे पछी समाज पनि बार्ता र लेनदेनको टेबलमा आउछ ।
डोजर एउटा नकरात्मक घटनाको प्रतिबिम्ब हो, खराब प्रतिकृया हो र दण्डित हुनु पर्छ । तर देशको लागि आदर्श काम गरेर देखाउने अभियान स्वयम पनि समाज भन्दा एक कदम बढी सोच्ने हुनु पर्छ । यो घटना पछी काम स्थगित गरेको र माफि माग्नु पर्छ भन्ने सर्त राखी रहदा- फुलमाला र जयजयकार गर्ने तिनै मान्छे थिय भन्ने नबिर्सनुस् ।
ल ति बिकास बिरोधधि नै मानेर जेल पठाइए, त्यसो गर्दा गौतम बुद्द रङशाला करुणा र प्रेम को प्रतिक हुन्छ? मान्छेको सन्ख्याले सधैं सबै चिज अर्थपूर्ण बनाउदैन,थोरै मान्छे होलान अहिले तपाईं लाई बेठिक भन्ने, तर ति सबै प्रसन्सक भन्दा मेरो आलोचनात्मक सुझाब काम लाग्न सक्छ ।
म ब्यक्तिगत रुपमा एस्तो दान र कल्याणमुखी- बिकास मोडेल ठीक मान्दिन, किनकी मान्छेले बिकासको अधिकारको लागि सहिद
बन्नु परेको थियो र त्यो बिकास आजको सरकारको कर्तब्य र जागिर हो ।
एक दशक पहिले मैले धेरै माग्ने काम गरेको थिए, गाउमा गयो माग्यो बुझायो हिड्यो, तर मैले चार बर्ष मागेको भन्दा बढी फरक एक रातमा भयो जब रातो कलम समात्नेले एउटा सिग्नेचर गरेर त्यो बिषयलाई नागरिक अधिकार बनाइदिये । म भगवान बन्नबाट जोगिए, मान्छे म तिर फर्किनबाट जोगिये । आँफैतिर र सत्तातिर फर्कन थाले ।
तर नागरिकको तर्फबाट गरिने रचनात्मक काम सर्वथा धन्य नै हुन्छ । मिहिन तरिकाले हेर्नुस्, केही कर्कट पाता कुच्चिएर केही हुन्न, फेरी बनाउन थालनुस् । राम्रो मान्छे हुनुहुन्छ, राम्रो रहनुस् । मान्छे भन्दा एक फिट माथि उठाइदिने र भगवान बनाइदिने सँग जोगिनुस् । किनकी भगवानलाई मान्छे काम गर्न दिदैनन- निष्कृय सालीक बनाइदिन्छन ।
प्रतिक्रिया दिनुहोस्