कविता पोखरेल
पौष १ राइनास । लमजुङ जिल्लाको राइनास नगरपालिकामा भौतिक पूर्वाधारहरुको निर्माण कार्यले तिव्रता पाएको छ । नगरपालकाको सबै विद्यालयहरुमा नयाँ भवन बनाउँने कार्य भइरहेको अध्यक्ष श्री सिंह बहादुर थापाले जानकारी दिनुभयो । नगरपालिकामा १० वटा वडाहरुमा विभाजन भएको छ । प्रत्येक वडाको घरघरमा खानेपनीको धारा पुगेको मेयर थापाले भन्नुभो । आफु निर्वाचित भए पश्चात नगरपालिकामा पहिलेको तुलनामा विकास निर्माणका कार्यहरु धेरै भएको बताउनु भयो ।सडकहरु पीच गर्ने र सडक नपुगेको ठाउँमा सडक निर्माण गर्ने कार्य भएको छ ।
नगरपालिका पर्यटकीय क्षेत्रको हिसाबले निकै सम्भावना बोकेको हुनाले नगरलाई पर्यटकीय क्षेत्र बनाउने उद्येश्यले विभिन्न कार्यहरु भइरहेको छ । यस्तै यस्तै कोरोना भाइरस फैलिन नदिनका लागि विभिन्न जनचेतामुलक कार्यक्रमहरु मार्फत जनताहरुलाई सचेतना गरेको उहाँले भन्नुभयो । अहिले पनि बाहिरबाट आएका आगरिकहरुको दैनिक रुपमा पिसीआर परीक्षण भइरहेको छ थापाले भन्नुभयो । कोरोनाबाट प्रभावित भएका व्यक्तिहरुलाई कोरोना कोषको व्यवस्था गरेको छौं । आवश्यक परेको खण्डमा नागरिकहरुलाई सहयोग गर्ने नगर प्रमुख थापाको भनाई छ । उहाँले भन्नुभयो संक्रमित व्यक्तिहरुलाई क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेका छौं । कृषि क्षेत्रलाई पनि उजागर गर्ने हिसाबले विभिन्न कार्यहरु भइरहेको थापाले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्