कविता पोखरेल/ रतन वि.क
पौष ६, गन्यापधुरा गाउँपालिका ।
डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिकाले कम बजेटका बीचमा पनि शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र सडकको विकास तिव्र गतिमा गरिरहेको अध्यक्ष नवल बहादुर मल्लले जानकारी दिनुभयो ।
उहाँका अनुसार विद्यालयका भवन निर्माण साथै पुनः निर्माणका कार्यहरु अगाडि बढाउदै दरबन्दी नभएका विद्यालयमा स्वांमसेवक शिक्षक भर्ना भरि पठनपाठ्न सुरु भइरहेको मल्लले बताउनु भयो । सरस्वती माध्यमिक विद्यालयमा कृषि विषय पठनपाठन सुरु भइरहेको छ । वडा कार्यालयका भवनहरु बनिसकेका र गाउँपालिकाको भवन बनाउने योजना पनि अगाडि बढिरहेको छ ।
पाँच वर्षे गुरु योजना अनुसार कृषि, पशुपालन, पर्यटन प्रवद्र्ध्रन क्षेत्रलाई विशेष जोड दिई अगाडि बढ्ने योजना रहेको छ । साथै, कृषि, पशुपालन, पर्यटन क्षेत्रलाई विशेष जोड दिइ अगाडि बढ्ने योजना पनि रहेको छ । आठ देखि एक हजार रोपनीमा आलु खेति भईरहेको र आगामी दिनमा अझै यसलाई निरन्तरता दिदै फलफूल खेतिलाई विकास गर्ने योजना समेत रहेको अध्यक्षको भनाई रहेको छ ।
विश्वभरी फैलिरहेको कोरोना भाइरस बाट बच्न विभिन्न जनचेतनामूलक कार्यक्रमहरु पनि गरिरहेको र क्वारेन्टाइन, आइशोलेसनको व्यवस्था गरिएको छ । यसका साथै कोरोना भाईरसको तिब्रगतिमा परिक्षण भईरहेको गाउँपालिका अध्यक्ष मल्ल दावी गर्नु हुन्छ ।
विगतका तुलनामा स्थानीय सरकारको निर्माण भएपछि गन्यापधुरा गाउँपालिकावासीहरुले आफ्नै घरदैलोमा सरकारको अनुभूति गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्