कोरोना बिरुद्ध स्थानिय श्रोत साधनले भ्याएसम्म काम गरेका छौंः मेयर नायक

कोरोना बिरुद्ध स्थानिय श्रोत साधनले भ्याएसम्म काम गरेका छौंः मेयर नायक

बैतडी । हाल महामारीको रूपमा फैलिदै गएको कोरोना भाइरसले विश्वलाई आक्रान्त बनाइरहेको छ । यस महामारीको असर नेपालमा पनि दिनप्रतिदिन बढ्दै गएको छ । यसको रोकथाम तथा नियन्त्रणका लागि नेपालका तीनै तहका सरकार प्रयासरत छन् । तीनै तहका सरकार मध्ये स्थानीय सरकारको भूमिका एकदम महत्वपूर्ण रहेको हुन्छ । बैतडी जिल्लाको मेलाैली नगरपालिका महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) विरुद्ध सक्रिय रुपमा लागेको छ ।
नगरपालिकाका स्वास्थ्य संयोजक नारायण चन्दका अनुसार नागरपालिकामा अहिलेसम्म ३ सय जनाको पिसिआर परिक्षण गरिएको छ । जसमा हनलसम्म ३३ जना कोरोना संक्रमण पुष्टि भएको छ । उहाँले गाउँपालिकामा सबै संक्रमित ठीक भई घर फर्किसकेकोले खतरामुक्त रहेको बताउनुभयो । कोरोना संक्रमण सुरु भएसँगै नगरपालिकाका बिभिन्न बिद्यालय लगायतका सार्वजनिक भवनमा ३७ वटा क्वारेन्टाईनहरु निर्माण गरिएको थियो । उक्त क्वोरन्टाईहरुमा लगभग १२ सय जनालाई राखेर घर फर्काइएको उहाँले जानकारी दिनुभयो । अहिले पनि छिटफुट मात्रामा नागरिकहरु नगापालिकामा आईरहेका छन । नयाँ आउने नागरिकहरुको स्वास्थ्य अवस्थालाई हेरेर क्वारेन्टाईनमा राख्ने गरिएको छ । अहिले बिद्यालयको क्वारेन्टाईनलाई हटाएर स्वास्थ्य चौकी, अस्पताल र सार्वजनिक भवनहरुलाई क्वारेन्टाईन बनाइएको उहाँले जानकारी दिनुभयो ।

यस महामारीलाई थप नियन्त्रण तथा रोकथाम गर्नको लागि नाकामा कडाइदेखि नागरिकहरूलाई सुरक्षित राख्न सचेतना फैलाइरहेको नगरपालिकाका मेयर कृष्ण सिंह नायकले बताउनुभयो । अहिले देखिएका अधिकाशं संक्रमितहरु भारतबाट आएकाहरु रहेको उहाँले बताउनुभयो । मेलौलीमा कोभिडलाई समूदायस्तरमा फैलिन नदिन सबै जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरु लागिपरेको नगर प्रमुख नायकको भनाई छ । बिपद्का बेलानै जनप्रतिनिधिको बास्तविक परीक्षा हुने भएकोले जनतालाई समस्या पर्दा जनप्रतिनिधि नै अगाडी बढ्नुपर्ने उहाँको धारणा छ ।

गाउँपालिकाभित्र प्रत्येक वडा कार्यालय, स्वास्थ्य चौकी लगायतका बिभिन्न चोकमा साबुनपानीले हातधुने ब्यवस्थारिएको र नागरिकको घर घरमा गएर मास्क र सेनिटाईजर लगायतको स्वास्थ्य सामाग्री बितरण गरीएको उहाँले जानकारी दिनुभयो । कोरोना बिरुद्धको जनचेतनाका लागि स्वास्थ्य संस्था र वडा कार्यालयहरुमा प्रचार प्रसार समाग्री पम्पलेट तथा बोर्डहरु राखिएको छ । गाउँपालिकाकको समग्रै बिकासको लागी पारदर्शी ढंगले काम गरिहेको उहाँले दाबी गर्नुभयो । ‘हामिले निःस्वार्थ भएका काम गरिरहेका छौं,सन्तुलित ढंगले काम गरिहेको छौं’, उहाँले भन्नुभयो ।

नगरपालिकाले भारत लगायत बिदेशबाट आएका आफ्ना नागरिकहरुलाई गाउँमै रोजगारी दिने गरी योजना बनाइरहेको छ । युवाहरुलाई व्यवसायीक तालिम दिने कृषिमा अकर्षित गर्ने योजना रहेको उहाँले बताउनुभयो । ‘शिक्षामा पनि सुधार भएको छ । कृषकहरूलाई अनुदान दिएका छौँ । सबै काम भइरहेको छ, केही गर्ने क्रममा पनि छन् । नागरिक सबै सन्तुष्ट नै छन् ।’, उहाँले भन्नुभयो ।

यस महामारीमा पनि विकास निर्माणको कामलाई निरन्तरता दिइरहेको मेयर नायकले बताउनुभयो । यस अवस्थामा संघीय सरकारबाट केही सहयोग नभएको यद्यपि गाउँपालिकाले आन्तरिक श्रोत बाट नै खर्च जुटाइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले हामीले चारैतिरबाट सडक सञ्जाल जोडका छौँ । खानेपानी, सिँचाईलाई पानी लिफ्टीङ गरेर ल्याएका छौँ, स्वास्थ्य क्षेत्रमा सुधार भइरहेको छ, सबै काम भइरहेको छ केही गर्ने क्रममा पनि छन् । नागरिक सबै सन्तुष्ट नै छन् ।’
कोरोनालाई थप नियन्त्रण गर्न मेलौली नगरपालिकाले टोलटोलमा माइकिङ गरेर सबैलाई सचेत गराइरहेको छ । साबुन पानीले हात धुने, सामाजिक दुरी कायम गर्ने र कसैलाई आफुमा कोरोनाको शङ्का छ वा कोरोनासँग मिल्दो जुल्दो लक्षण छ भने गाउँपालिकामा आएर पि.सि.आर परिक्षण गर्नलाई गाउँपालिकाले आग्रह गरेको छ । साथसाथै गाउँपालिकाले स्थानीयहरूलाई संक्रमणबाट बचाउन मास्क तथा स्यानीटाइजर वितरण पनि गरिरहेको मेयर नायकले जानकारी गराउनुभयो । मिडियाले हरेक किसिमका समाचार जनतासम्म पुर्याउने भएकाले स्थानीय सरकार र मिडियाबिच राम्रो सहकार्य हुन जरुरी छ भन्दै अन्तमा सम्पूर्ण नेपालीप्रति यस महामारीको बेला सुरक्षित र सावधानी अपनाउन मेयर नायकले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्