नेकपा केन्द्रीय समितिमा गंगा कार्कीको फरक मत

नेकपा केन्द्रीय समितिमा गंगा कार्कीको फरक मत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य गंगा कार्की “विश्व” ले नेकपाको केन्द्रीय समितिको बैठकमा ३ वटा विषयमा फरक मत उठाएका छन । उनका अनुसार अहिले चर्चामा रहेको अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसि) सदनबाट पास भएमा मुलुककै लागि खतरानाक साबित हुन सक्दछ । विश्व भन्छन् ,एमसीसी पास भएमा नेपाल सिरीया बन्छ, नेपाल विकासोन्मुख राष्ट्र भएकोले अरु राष्ट्रबाट सहयोग त लिनु पर्दछ तर कसैसँग झुकेर सहयोग लिनु र सहयोग लिएर उनिहरुले भने अनुसार गर्नु पर्यो भने त्यो कायरता हो । अहिले सदनमा एमसिसि जस्ताको तस्तै पास गराउनु पर्छ र केहि परिमार्जन गरेर पास गर्नुपर्छ भन्ने दुई पक्ष छन्, बरु एमसिसि रोकेर एनसेलको कर सबै उठाउन तिर लाग्न प्रधानमन्त्रिलाई विश्व सुझाव दिन्छन् । “नेपाललाई पैसाको के खाचो छ र ? पैसा नै उठाउने हो भने एलसेलको कर सबै उठाऔं, ठुला–ठुला परियोजनाहरु बनिरहेको छ, त्यसमा अनियमितता हुन नदिऔं ” उनले भने ।
बर्षै पिच्छे अर्बाै बजेट ल्याउदा त केहि नभएको अबस्थामा एउटा एमसीसी परियोजनाले देश बिकासमा कायापलट ल्याउछ, भन्नु जनतालाई मुर्ख बनाउने काम मात्र हुने उनको दाबी छ ।


प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा नै एमसिसि स्वीकार गर्नुपर्ने पक्षमा रहेको र प्रधानमन्त्री स्वयम पनि सकरात्मक देखिनुले नेताहरुले एमसीसीबाट करीब २ अर्ब जति पैसा खर्च गरिसकेको हल्ला पनि सत्य हुन सक्ने उनको अनुमान छ ।
यस्तै, प्रदेश नम्बर ३ को राजधानीको हेटौंटा तोकिएकोे बिषयमा पनि उनको फरक मत रहेको र पार्टीले कुनै पनि हालतमा सच्याउनै पर्ने उनको माग रहेको छ । “यो निर्णय सरासर गतल छ, संघीयता बिरोधी छ ।” पार्टी यसरी नै चल्दै जाने हो भने कम्युनिष्ट पार्टी भन्न पनि लाज लाग्ने अवस्था आइसकेको भन्दै उनले दुःखेसो ब्यक्त गरे । भारतीय कम्युनिष्ट पार्टीको उदाहरण दिदै उनले भने, “यस्तै कारणले भारतमा कम्युनिष्ट पार्टीको अस्तित्व करिव–करिव हराउदै गएको छ, पछि नेकपाको हालत यस्तै नहोला भन्न सकिन्न ।” पार्टीमा जनताको आवाज नसुनि आफ्नो स्वाार्थमा नेताहरु लागि रहे यसको दिर्घकालिन असर पर्न सक्ने उनको आशंका छ । नेकपामा प्रमुख नेताहरु सच्चिन जरुरी रहेको उनले बताए ।
अर्काे, सिमा विवादको बिषयमा पनि नेकपा गम्भिर हुनु पर्नेमा त्यसो नभई रहेको उनि बताउछन् । सिमा विवाद, यो बर्षौ देखिको समस्या हो तर सरकार अझै पनि थाहा नपाए झै गरेर बसेको उनको गुनासो छ । “कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायत तराईको अधिकांश क्षेत्रमा भारतले दिनदिनै सिमा मिचिरहेको छ ।” उनेल भने । सिमाको बिषयमा प्रमुख नेताहरुले भारतसगँ अझै पनि खुलेर कुरा गर्न नसकेको उनि बताउछन । “सिमामा बिवाद भएको बेला केहि समय बिषय बस्तु चर्चामा आउने र बिस्तारै चर्चा सेलाउदै जादा नेताहरुको दिमागबाट त्यो बिषय पनि हट्दै जाने भएकोले भारतले हेप्ने प्रबृति बढेको छ ।” उनले भने । सिमाको बिषयमा भारतीय राजदुत श्यामसरणको कुराबाटै भारतले नेपाललाई हेपिरहेको कुरा प्रष्ट हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्