कल्पना सापकोटा, दोलखा।
सशस्त्र प्रहरी दिवसको १९ औं वार्षिकोत्सवको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं १८ गुल्म हे.क्वाटर दोलखाले भीमेश्वर नगरपालिका वडा नम्बर ५ स्थित गौरीशंकर बाल गृह(अनाथाश्रम) मा आफ्नो स्थापना दिवस मनाएको छ ।
प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माको प्रमुख आतिथ्यतामा १९ औं सशस्त्र प्रहरी दिवस मनाईएको हो ।
दिवसको अवसर पारेर गुल्म परिवारको तर्फबाट गौरीशंकर बालगृहमा रहेका ३० जना बालबालिकालाई खेलकुदका सामाग्री,खाद्यान सामाग्री र स्टेशनरीका सामनहरु हस्तानतरण गरिएको थियो । दिवसका अवसरमा गुल्मका १३ जना सशस्त्र प्रहरी कर्मचारीहरुले रक्तदान गरेका हुन् ।
कार्यक्रममा बोल्दै गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन बहादुर क्षेत्री आफ्नो कार्यालयमा नभई गौरीशंकर बालगृहलाई नै कार्यक्रमस्थल छनौट गर्नुले सो बालगृहमा रहेका बालबालिकाहरु प्रति केहि छ भन्ने आभाष गराउनु रहेको बताउनु भयो, त्यस्तै गरी प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले सशस्त्र प्रहरी बल नेपालको यस किसिमको कार्यले अन्य क्षेत्रमा समेत सकारात्मक सन्देश प्रवाह हुने भन्दै १९ औं वार्षिकोत्सवको अवसरमा सशस्त्र प्रहरी बल र सशस्त्र प्रहरी कर्मचारीको उज्वल भविष्यको कामना गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नेपाल बाल संगठन केन्द्रीय समितिका पदाधिकारी, सरकारी तथा गैह सरकारी संघ संस्थाका प्रधाधिकारीहरुको समेत उपस्थिित रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्