पौष २६, काठमाडौं । दोलखा जिल्लाको साविकको मालि गाविसमा जन्मिएका कृष्ण प्रसाद दाहाल “कृपाश्वर”को ११ औं स्मृतिसभा काठमाडौंको पेरिशडाडाँस्थित नेकपाको जनवर्गिय संगठनको केन्द्रीय कार्यालयमा चलिरहदा, प्रदेश नं. ३ को राजधानी अपायक स्थानमा राख्ने सत्तारुढ दल नेकपा लगायत कांग्रेस र अन्य राजनीतिक दल र तिनका नेताहरुको चर्को आलोचना मै केन्द्रित थियो ।
विवेक नपुर्याइ जनतालाई अपायक हुने गरि राजधानी तोक्दा त्यसले संघीयता, समग्र राजनीतिक प्रणाली र नेताहरुको निर्णय लिने क्षमतामाथि नै प्रश्न चिन्ह खडा भएको सबै वक्ताहरुको साझा धारणा थियो ।
विगतका वर्षहरुमा कृपाश्वर स्मृति सभाको तयारीमा जुट्ने कमला दाहाल, गत वर्ष १० औं स्मृतिसभामा विरामी भएर आउन सकिन भन्ने निम्ता पठाइन । कृपाश्वरकी उनै जेठी छोरी कमला , सधैंका लागि विदा भएपछि यस पटकको कृपाश्वरस्मृति सभा थप शोकमा डुबेको थियो । उनी पेशागत संगठनको क्षेत्रमा कुशल संगठकको रुपमा स्थापित थिइन् । यो संगै स्व. कृपाश्वरको परिवारमा पिडा थपिएको छ । जनताले रोजेको व्यवस्था ल्याउन शिक्षक पेशा नै छोडेर परिवारसहित जनयुद्धमा लाग्नु भएका कृपाश्वरले आफ्ना प्रिय छोरा विश्वासलाई सधैंका लागि गुमाउनु भयो । त्यसले नपुगेर अन्तिम स्वास रहदासम्म राष्ट्र र जनताको सेवामा समर्पित कृपाश्वर आफू पनि यो संसारबाट विदा हुनु भयो ।
उहाँ बाचुन्जेल न्याय, विकास र जनताको हितको लागि लडिरहनु भयो ।
कृपाश्वरकै जेठि छोरी कमला शर्मा दाहाल पनि बाबुले देखाएकै बाटोमा निन्तर अग्रसर रहदै जनताको सेवामा थिइन तर गत वर्ष उनको पनि स्तन क्यान्सरका कारण र सुविधासम्पन्न स्थानमा उपचार हुन नसक्दा दुखद निधन भयो । उनी, विहानदेखि बेलुकासम्म पेशागत संगठनलाई सदृढ पार्ने अभियानका साथ सांगठनिक काममै समय विताउथिन र जीवनका अन्तिम पलहरुमा पनि उनको चिन्ता आफ्नो उपचार र परिवार भन्दा पनि जनताको अधिकार र राष्ट्रको परिवर्तनकै थियो ।
यसरी, कृपाश्वरको परिवारले रोग, भोक र अभावहरुमा हुँदा पनि देशको परिवर्तनको लागि महत्वपूर्ण बलिदान गर्यो । उमेरले डाडाकाटे पनि कृपाश्वरकि जिवनसंगिनी दोलखाको एउटा ग्रामिण भेगमा घाँस दाउरा गरेर दिनहरु व्यतिथ गरिरहनु भएको छ । भित्र जति पिडा छ, त्यो भन्दा धेरै देशको उज्यालो मुहार हेर्ने धोको आज पनि उहाँमा छ । कृपाश्वरको परिवार प्रतिनिधिमात्र हो, देशभर यस्ता धेरै परिवार छन् जस्ले देशकै लागि भनेर जीवन समर्पण गरे र जो बाचेका छन् ति पनि कष्टकर दैनिकी गुजार्न बाध्य छन्, उनीहरुमा जनताले खोजे जस्तो शासन व्यवस्था हेर्ने धोको भने कत्ति पनि डगमगाएको छैन् ।
कृपाश्वर जन्मिएको दोलखास्थित जिरी गाउँपालिकाको एउटा विकट गाउँले आज राजनीतिक नेताहरुलाई प्रदेश नं. ३ को राजधानी पायक भएन भनेर आवाज उठाइरहेको छ तर अन्यायपूर्ण तवरले राजधानीलाई अपायक राख्ने कामको लागि सबै तयारी पुरा भईसकेको छ । आज कृपाश्वर स्मृतिसभामा सहभागिहरुले राजधानी अपायक स्थानमा राख्दा समग्र संघीय व्यवस्था माथि नै खतरा उत्पन्न हुनसक्ने स्थितितर्फ पनि सचेत रहन एवं मुलुकका लागि जीवन अर्पण गर्नेहरुलाई स्मरण गरेर अगाडि बढ्न राजनीतिक नेतृत्वलाई सचेत पनि गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्