रामेछाप । रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकाले संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । नेपालको संविधान २०७२ जारी भएको ४ वर्ष पूरा भएको अवसरमा लिखु तामाकोसी गाउँपालिकाले संविधान दिवसको अवसरमा शुक्रबार धोबि बजारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अभ्यक्ष गोविन्द बहादुर खड्काले नेपालको संविधान २०७२ नेपाली जनताको हितमा बनेको उत्कृष्ट संविधान रहेको भन्दै संविधानले प्रदान गरेको हक र अधिकार अनुसार सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए । अध्यक्ष खड्काले संविधान कार्यान्वयनमा तिन तहको सरकारको भुमिका महत्वपुर्ण हुने बताउँदै संविधानले दिएको अधिकार अनुसार काम गर्न सके मात्रै संविधान पुर्ण रुपमा कार्यन्वयनमा आउने बताए ।
लिखु तामाकोसी गाउँपालिकामा भव्यताका साथ संविधान दिवस कार्यक्रम सम्पन्न

प्रतिक्रिया दिनुहोस्