प्रदेश ३ सरकारले सवारी नविकरण जरीवाना शुल्क घटाएको छ। यातायात सम्बन्धी व्यवस्था गर्न बनाएको ऐन संसोधन गरेर प्रदेश सरकारले जरीवाना शुल्क घटाएको हो।
चर्को जरिवाना लगाएपछि उपभोक्ताले सवारी नवीकरणगर्न छाडेपछि जरीवाना शुल्क घटाउन तीव्र दवावमा रहेको यातायात कार्यालयले यसअघि निर्धारण गरेको शतप्रतिशत जरीवानाको व्यवस्थाबाट ६८ प्रतिशतले घटाएर ३२ मा झारेको हो।
अब सवारी साधनको ब्लुबुक नविकरण गर्दा म्याद सकिएपछि लाग्ने सय प्रतिशत जरिवाना शुल्क घटेर अब ३२ प्रतिशत मात्र तिरे पुग्ने भएको छ। यस अघि शतप्रतिशत जरिवाना लाग्ने भएपछि धेरै सवारीधनी यातायात कार्यालय पुगेर फर्कने गरेका थिए।
जनताबाट चर्को दबाब खेपेपछि प्रदेश सरकारले यातायात कार्यालयसँगको छलफलपछि ऐन संशोधन प्रकृया थालेको थियो। प्रदेश सरकारको पछिल्लो निर्णयपछि सवारी नवीकरणका लागि अन्यौलमा रहेका सवारीसाधन धनीहरू नवीकरण शुल्क तिर्न यातायात कार्यालय पुग्न थालेका छन्।
प्रतिक्रिया दिनुहोस्