कविता पाेखरेल ।
उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाले कृषि तथा पशुपालनमा जोड दिएको छ । कृषि र पशुपालनमा जोड दिएर युवाहरु लाई गाउँपालिका स्तरमै रोजगारि सृजना गरि उनिहरुको जीवनस्तरलाई माथि उकास्न सहयोग पुगेको नगरपालिकाका मेयर बलदेव चौधरीले बताउनु भयो । उहाँका अनुसार कृषी तथा पशुपालनको लागि किसानहरुलाई सहुलियत अनुदान दिने काम गरिरहेको छ नगरपालिकाले ।
आफु नगर प्रमुख बनिसकेपछि पुरै नगरबासी र नगरको विकास र समृद्धिको चिन्ता र सपनामा डुब्नुपर्ने अवस्था रहेको बताउने मेयर चौधरी करिब अढाई वर्षको कार्य अवधिमा थुप्रै योजना र कामहरु भएको दावी गर्छन् । महत्वकांक्षी मेयरको रुपमा चिनिने चौधरी ठूलै सपना नदेखे प्रगती हाँसिल गर्न नसकिने मान्यता राख्छन् । पत्रकारहरुको क्षमता बृद्धि र पत्रकारिता प्रवद्र्धनमा प्रतिबद्ध रहेको मेयर चौधरीले पत्रकारहरुलाई ल्यापटप बाँडेको आरोप पनि खेपे । आप्mनै कार्यकालमा त्रियुगालाई उपमहानगरपालिको हैसियत दिने लक्षका साथ अगाडि बढेका चौधरीले बताउनुभयो ।युवाहरुलाई कृषि तथ पशुपालन तर्फ आर्कषित गरि स्थानिय स्तरमै रोजगारी दिने योजना रहेको नगरप्रमुख चौधरील बताउनु भयो । कृषिसँगै नगरले विकास र समृद्ध तर्फको यात्रा लाई पनि अगाडि बढाईरहेको छ । नगरले बिकासका पुर्बाधारहरु शिक्षा, स्वास्थ, सडक लगायतको राम्रो ब्यवस्था गरेको छ । सोही अनुसार नगरले यातायातको सुबिधा सबै बडाहरुमा पुर्याउने काम पनि गरिहेको छ । पहिलेनै बनिसकेका सडकको स्तर उन्नतीको कामहरु पनि नगरले अगाडि बढाएको छ । नगरपालिकाले केही समय भित्रै आफ्नै भवनबाट सुबिधा दिने योजना बनाएको नगरका मेयर यादवले बताउनु भयो ।
खानेपानीको सुबिधा सबै नगरपालिका बासीमा पुगि सकेको छ । त्यस्तै शैक्षिक क्षेत्रको बिकासको लागि नगरको आफ्नै पहलमा सुबिधा समपन्न बिदयालय भवनको निर्माणको लागि पहल गरेको छ भने प्राबिधिक एबम गुणस्तरिय शिक्षालाई मुख्य प्राथमिकता दिएको छ ।
प्रतिक्रिया दिनुहोस्