दुवै जना खुब हाँसिरहेका थिए । बिबिसी हिन्दीले लेखेअनुसार दुवै नेताबीच भएको कुराकानीको बारेमा सोध्दा मोदीले हिन्दीमै भने-“मलाई लाग्छ कि हामी दुई जनालाई कुरा गर्न दिनुहोस, यदि आवश्यक पर्यो भने तपाईसमक्ष यो विषयमा जानकारी पुगिनै हाल्छ ।”
मोदीले यस्तो जवाफ दिएलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले पनि फ्याट्टै भनिहाले-“मोदीजी धेरै राम्रो अंग्रेजी बोल्नुहुन्छ, तर, उहाँ अंग्रेजीमा कुरा गर्न चाहनुहुन्न ।” ट्रम्पको यो टिप्पणीमा मोदी खुलेरै हाँसे । त्यतिमात्रै होईन, दुवै नेता एक-अर्काको हातमा हात बजारेर निकै ठट्यौली रुपमा प्रस्तुत भए । त्यहाँ उपस्थित् सबै सहभागीहरु पनि हाँस्न बाध्य भएका थिए ।
योभन्दा पहिले मोदीले ट्रम्पकै सामुने भारतको काश्मिरमा मध्यस्थता गर्ने विषयलाई लिएर भारत र पाकिस्तानबीचका सबै मुद्दा द्धिपक्षीय भएकोले यसमा कुनै तेस्रो देशले कष्ट गर्नुपर्दैन भनेर सिधै सार्वजनिक रुपमै भनिदिएका थिए । उता, ट्रम्पले भारत र पाकिस्तान दुवै देशका प्रधानमन्त्री आफ्नो असल साथी भएकोले उनीहरुले दुवै मिलेर काश्मिर मुद्दालाई हल गरुन भन्ने शुभेच्छा राखेका थिए । एजेन्सी/तस्विर स्रोत : रोयटर्स-REUTERS