काठमाडौं। काठमाडौं महानगरपालिका अन्र्तगत शंखरापुर नगरपालिका–३ मा पर्ने जरसिंहपौवा, बोजिनि, कार्तिके लगायतका विभिन्न स्थानमा अन्दाजी १७ सय रोपनीमा प्राकृतिक रुपमा उम्रिएका अनुमानित १ लाख गाँजाका बोटहरु बिहीबार नष्ट गरिएको छ ।
महानगरीय प्रहरी वृत्त बौद्ध, महानगरीय प्रहरी प्रभाग साँखु, नाङ्लेभारे प्रहरी चौकी, कालिका शरण मावि, साँगाचोक युवा क्लब लगायत विभिन्न संघसंस्थाको साझेदारीमा गाँजा फडानी गरिएको हो । कार्यक्रममा नगर प्रमुख सुवर्ण श्रेष्ठ, उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठ, महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख नरेन्द्र चन्द सहितको विभिन्न संघ संस्थाका प्रतिनिधी, सर्वसाधरण तथा पत्रकार लगायतकाे उपस्थिति रहेको थियो ।
गाँजा लगायतका लागू औषध र यसको दुर्ब्यसनी रोक्न तथा जनचेतना फैलाउन कार्यक्रम महत्वपूर्ण हुने शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्