काठमाडौं । पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका टेलिभिजन प्रस्तोता रवि लामिछानेले आफू प्रहरीको हिरासतबाटै असुरक्षित भएको बताएका छन्।
बुधबार साँझ उनकी पत्नी निकिता पौडेलले फेसबुकमा पोष्ट गरेको स्टाटसमा उनले भनेका छन्, ‘प्रहरीले दुई दिनभित्रै कल डिटेल सजिलै निकाल्न सक्छ तर मलाई फसाउँने नियत सहित समय लम्बाएको बिषयमा मैले आफूलाई यहाँभित्र असुरक्षित रहेको महसुश गरेको हुँ।’ डिसिनेपालबाट
प्रतिक्रिया दिनुहोस्