कनपाका जनप्रतिनिधिद्धारा २ वर्षमा गरेको काम सार्वजनिक

कनपाका जनप्रतिनिधिद्धारा २ वर्षमा गरेको काम सार्वजनिक

सिन्धुली/ जिल्लाकाे कमलामाई नगरपालिकाले निर्वाचित जनप्रतिनिधीहरुको पद बहाली पश्चात २ वर्षमा गरेका कार्यहरु मंगलबार सार्वजनिक गरेको छ । नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी जनप्रतिनिधी निर्वाचित भएको २ वर्षमा गरेका कामहरुबारे जानकारी गराएको हो ।

जसमा सिन्धुलीगढी पुनःनिर्माण तथा संरक्षणका लागि विस्तृत गुरुयोजना निर्माण भई घेराबेराको काम सम्पन्न भएको नगर प्रमुख खड्ग बहादुर खत्रीले बताए । त्यस्तै नगरक्षेत्र भित्र विपदमा परि ज्यान गुमाएकाको परिवारलाई प्रति व्यक्ति १० हजार उपलब्ध गराउने नीतिगत व्यवस्था गरेको बताइएको छ । सवै वडा कार्यालयहरुबाट आर्थिक वर्ष २०७६÷०७७ बाट अनलाईन सेवा शुरु गर्नका लागि तयारी अन्तिम चरणमा पुगेको छ । एकीकृत शहरी किवास योजना निर्माण कार्य सम्पन्न भई ५ वर्षे आवधिक योजना तयारीको कार्य शुरु गर्न लागिएको जनाइएको छ । त्यस्तै अन्तर स्थानिय तह तथा अन्तर जिल्ला जोड्ने महत्वपूर्ण ५ वटा सडकको प्रतिवेदन तयारी अन्तिम चरणमा रहेको उल्लेख छ । नगर सभाहलको प्रतिवेदन निर्माण पनि अन्तिम चरणमा रहेको नगर प्रमुख खत्रीले बताए । जिल्लाको धार्मिक तथा पर्यटकिय स्थल कमलामाई मन्दिरमा पिकनिक स्पट निर्माणका लागि प्रतिवेदन तयार भईरहेको नगर प्रमुख खड्ग बहादुर खत्रीले बताए ।

त्यस्तै उनले कमलामाई नदी नियन्त्रणको प्रतिवेदन तयारीका लागि सर्भेको कार्य शुरु भएको बताए । चदाहा दोभान पार्क निर्माण प्रतिवेदन तयार भएको छ । नगरका सबै वडामा आगामी आर्थिक वर्ष भित्रमा विद्युतिकरणको कार्य सम्पन्न हुने नगरप्रमुख खत्रीले बताए ।

त्यस्तै आकस्मिक दुर्घटना कोष तथा विपत व्यवस्थापन कोषको स्थापना गरिएको उहााले बताउनुभयो । नगरपालिकाको कार्य सम्पादनमा अत्याशयक ११ वटा ऐन, ४ वटा नियम र १८ वटा कार्यविधिहरु स्वीकृत गरी कार्यान्वयनमा रहेको नगरप्रमुख खत्रीले बताए ।

साथै नगरबासीको गुनासो सुनुवाईको लागि प्रत्येक वडामा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालनको सुरुवात गरिएको प्रमुख खत्रीले बताए । नेपाल रेडक्रश सोसाइटीको सहकार्यमा ब्ल बैठक स्थापना तथा आँखा शिविर, आङ खस्ने महिलाको उपचार लगाएतका स्वास्थ्य शिविरहरु सञ्चालन गरिएको छ । बसपार्क निर्माण अन्तर्गत ढकालको कार्य सम्पन्न अन्तिम चरणमा रहेको नगर प्रमुख खत्रीले बताए । वडा नम्बर ६ माढीबजार, धुराबजार तथा वडा नम्बर ९, भिमान बजारमा सोलार बत्ति र सि.सि. क्यामेरा जडानको कार्य शुरु भएको छ । आकस्मिक दुर्घटना कोष तथा विपत व्यवस्थापन कोषको स्थापना गरिएको छ । त्यस्तै स्वच्छ, सफा र समृद्ध शहर, हिमाल र तराइको मिनविन्दु कमलामाई नगर भन्ने दिर्घकालिन सोच तयार गरिएको छ । नगरको सरसफाइको लागि अति आवश्यक एक टिपर खरिद कार्य सम्पन्न तथा सेप्टी ट्यांकी सफा गर्ने सक्सन टयांकी खरिदको लागि सम्झौता लगाएतका अन्य थुप्रै काम २ वर्ष भित्रमा गरि सकेको नगर प्रमुख खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्