यातायात क्षेत्रलाई व्यवस्थित बनाउन सिन्डिकेट तोडेको गृहमन्त्री बादलको दावी

यातायात क्षेत्रलाई व्यवस्थित बनाउन सिन्डिकेट तोडेको गृहमन्त्री बादलको दावी

काठमाण्डौ । नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन सिन्डिकेट तोडन बाध्य भएको स्पष्ट पारेका छन् । नेपाल सार्वजनिक यातायात प्रा ली समन्वय समितिको प्रथम केन्द्रीय भेलाको उद्घाटन गदै गृहमन्त्री थापाले अब कुनै हाल्तमा सिन्डिकेट नर्फक्ने दावी गरे ।

उनले बिकास र समृद्दिको आधार यातायात क्षेत्र भएको भन्दै यो क्षेत्रलाई बिकास गर्नु र व्यवस्थित बनाउन अहिलेको आवश्यकता रहेको बताए । यातायातको बिकास भयो भने देशको बिकास हुने भन्दै मन्त्री थापाले सिन्डीकेट भनेको एकलौटी हो त्यसैले तोड्न जरुरी रहेको उनको भनाई छ ।

त्यसै गरी नेपाल सार्वजनिक यातायात प्रा ली समन्वय समितीका अध्यक्ष होमप्रसाद अधिकारीले यातायात क्षेत्रलाई मर्यादित र ब्यवस्थित बनाउन आफनो तर्फवाट कुनै कसुर बाँकी नराख्ने बताए । यातायात क्षेत्रको बिज्ञ समेत रहेका अधिकारीले सिन्डीकेट हटाएकोमा खुशी समेत ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्