विकास निर्माण सम्बन्धी धेरै अधिकार स्थानीय सरकारले पाएसँगै त्यसको सदुपयोगका निम्ति जनप्रतिनिधिहरु लागी परेका छन् ।
स्थानीय सरकारले दिगो विकास र समृद्ध जीवनको परिकल्पना सहित सडक, खानेपानी, सरसफाई, शिक्षा, स्वास्थ्य, बिजुली र आधुनिक कृषिखेती लगायतका विषयलाई पहिलो प्राथमिकतामा राखेर अघि बढिरहेका छन् । स्थानिय सरकारले सबै वडा कार्यालयमा सडक बाटो, सबै बस्तीमा स्वच्छ खानेपानी, युवा स्वरोजगार, सर्वसुलभ र समान शिक्षा, कृषिमा आधुनिकरण जस्ता विकासे काम हुँदै आएका छन् ।
धादिङको खनियाबास गाउँपालिकाले आफ्नो विकासको पूर्वाधार निर्माणका कामहरुमा अग्रसर भएर लागि परेको छ । ५ वटै वडामा सडक विस्तार तथा स्तरोन्नती गर्ने काम भइरहेको खनियनबास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङले बताए । विशेष गरि अहिले वडा नंं १ र २ सडक बिस्तार भई संचालनमा समेत आईसकेको छ । गाउँपालिकाका सम्पुर्ण नागरिकहरुलाई स्वास्थ्य सेवाको सहज पहँुच पुर्याउन संघिय सरकारको योजना अनुरुप १५ शैयाको अस्पलाल शिलान्यास गरि संचालनको तयारिमा रहेको छ । प्रत्यक वडामा स्वास्थ्य चौकीको व्यवस्था पनि गरिएको छ । नागरिककै सुविधाको लागी गाउापालिकाले एउटा एम्बुलेन्स समेत संचालन गरेको छ । प्राविधिक र गुणस्तरिय शिक्षामा जोड दिएको गाउँपालिकाले आफ्नै पहलमा २७ वडा माद्यामिक बिद्यालयहरुमा नयाँ भवन निर्माण तथा स्तरोन्नतीको काम गरेको छ । गाउँपालिकाको आफ्नै सुविधा सम्पन्न भवन पनि निर्माणाधिन अवस्थामा रहेको छ भने ३ वटा वठा कार्यालय भवनको निर्माण कार्य सम्पन्न भईसकेको छ । गाउँपालिकाका युवाहरुलाई स्थानियस्तरमानै स्वरोजगार बनाउन खनियबास गाउँपालिकाले बिभिन्न किसिमका सिपमुलक तालिमहरु दिने गरेको छ । भर्खरैमात्र गाउँपालिकाले २७ जनलाई इलेक्ट्रिसियनको तालिम दिएको थियो । यस्तै १५ सय जना उद्यमीहरुलाई ब्यवसायिक तालिम दिने गाउँपालिकाको तयारि छ । सम्पुर्ण नागरिकहरुलाई खानेपानिको सुविधा पुर्याउन गाउँपालिकाले १ घर १ धाराको अवधारणा अघि सारेर काम गरिहेको छ ।
गाउँपालिकाले पूर्वाधारमा सिमित नभई सामाजिक कार्य तर्फ आफ्ना आठै वडामा स्वास्थ्य शिविर संचालन गरेर जनतालाई औषधि उपचार गर्ने काम गरेको छ । त्यस्तै, पशु स्वास्थ्यका लागि भेटनरीको शिविर संचालन गर्दै आइरहेको छ । किसानहरुका लागि धान तथा मकैका उन्नत जातका विउ विजनहरु वितरण गरिएको छ । सिंह दरबारको अधिकार गाउँ गाउँमा पुगेको अध्यक्ष तामाङ बताउँछन् । अन्य गाउँपालिकामा जस्तै यस गाउँपालिकामा पनि कर्मचारीको अभाव रहेको छ । कर्मचारी समायोजन भइसके पनि कर्मचारी नभएको कारणले पालिकाबाट दिइने सेवाहरु प्रभावकारी रुपमा प्रवाह हुन सकेको छैन । स्थानीय सरकारले थेग्न नसकेका ठूला विकासका आयोजनाहरु संघीय सरकारले गर्नु पर्ने अध्यक्ष तामाङ बताउँछन् ।
विश्वभर फैलिएको कोरोना महामारीको असर खनियाबास गाउँपालिकालाई पनि देखियो तर जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीहरुको साथ सहयोगले यहाँ नागरिकलाई सुरक्षित राख्न गाउँपालिका सफल भएको छ ।
कोरोना माहामारीमा पालिकाले पिडितहरुलाई राहत वितरण, मास्क , सेनिटाइजरको बितरण, आरडिटि र पिसिआर परिक्षण गर्दै यसको नियन्त्रण गर्ने प्रयासहरु गरेको थियो । यसले पनि गाउँपालिकाको प्रभावकारी योजना र चुस्तदुरुस्त व्यवस्थापनलाई झल्काउदछ । आगामी दिनमा नगरवासीहरुको हित र अपेक्षालाई मध्यनजर गर्दै स्मार्ट सिटीको रुपमा खनियाबास गाउँपालिकालाई अगाडि बढाउने अध्यक्ष तामाङको योजना छ ।
प्रतिक्रिया दिनुहोस्