काठमाडौ । काभ्रे जिल्लाकाे पाँचखाल नगरपालिका वडा नं २ का वडाध्यक्ष हरिराम खतिवडाले खानेपानी, शिक्षा, स्वास्थ्य , सडक, सिंचाई र पर्यटन लाई आफुले विशेष प्राथमिकता दिएर काम गरिरहेको बताउनु भएकाे छ । बुधबार असल संञ्चारसँग कुरा गर्दै उहाँले साे करा बताउनु भएकाे हाे ।
खानेपानीः
वडा नं. २ मा खानेपानिको अभाव रहेकाेले उहाँले यस क्षेत्रमा विशेष प्राथमिकता दिएकाे बताउनुभयाे । अघिल्ला वर्षहरुमा खानेपानिको समस्या ब्याप्त रहेका यस वडामा हाल आएर धेरै नै समाधान भएको उहाँकाे दाबि छ । खानेपानीको लागी ८० लाखको योजना स्विकृत भएकाे उहाले जानकारी दिनुभयाे । अहिले मुहान र ट्याङ्की राख्ने ठाँउको सर्भे सबै प्रकृयामा अगाडि बढिरहेको छ । यस योजनामा एक घर एक धारामा बिशेष जोड दिइरहेको छु, उहाँले भन्नुभयाे ।

हागेठाटीमा ५० घरधुरी, टाकेमा ६० घरधुरी र द्धारेडिहीमा ४० घरधुरीमा एक घर एक धारा सम्पन भईसकेको छ भने आउदो चैतसम्ममा यो योजना सफल पार्ने उहाँको लक्ष्य रहेको छ । साथै सिङ्गो पाँचखाल नै खानेपानीको चपेटामा नपरोस् भनि एशियाली विकाश बैकले २ अर्ब अनुदान सहयोग गरेको र आज मात्रै सन्चार तथा सुचना प्रबिधी मन्त्री गोकुल बास्कोटा ज्युको प्रमुख आतिथ्यतामा सुनकोशी पाँचखाल खानेपानी आयोजना सम्पन्न भएको उहाँले बताउनुभयो । साथै कृषि क्षेत्रमा प्रबल सम्भावना रहेको यस वडाको बाशीन्दाहरुको मुख्य ब्यवसाय कृषि नै हो । काठमाडौमा भित्रिने तरकारीको ३५% पाँचखालबाटै भित्रिने गरेको उहाँ बताउनुहुन्छ । सिंचाईको लागी ३३ करोण लागतमा सिंचाई ड्याम निर्माण भईरहेको र एउटा ड्यामको क्षमता नै सिंगो पाँचखालको खेतियोग्य जमिनलाई सिंचाई गर्न पुग्ने उहाँको दावि छ ।
कृषिः
पाँचखाल नगर कृषि शहर नाराले प्रसिद्ध पाँचखाल नगरपालिकामा कृषि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरौ भन्ने अभिप्रायले वडा नं २ मा पनि काठमाडौ युनिभर्सिटीबाट संञ्चालित कृषि विश्वबिद्यालयको निर्माणकाे काम अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।
शिक्षाः
वडामा ३ वटा विद्यालय रहेका छन जसमा १ मावि र २ प्रावि रहेका छन । विद्यार्थिहरुले सिकाईको लागी भोग्नुपरेको कठिन परिस्थिति मध्यनजर गर्दे विद्यालयमा बालमैत्रि, अपाङ्गमैत्रि साथै छात्राहरुलाई सेनेटरी प्याडसहितको ब्यवस्था गरिदिनुभएको उहाँले बताउनुभयो । प्रत्येक विद्यालयमा कक्षा ३ सम्म अग्रेजि पाठयपुस्तक पनि उपलब्ध गराउनुभएको छ । वडाध्यक्ष खतिवडाकै कार्यकालमा गतवर्ष ज्ञानुदय प्राविको निर्माण कार्य सम्पन्न भएको र यो बर्ष बालप्रतिभाको भवन पनि अन्तिम चरणमा पुगेको छ।
पर्यटनः
पर्यटकिय सम्भावना बोकेको पाँचखाल नगरपालिकामा पर्यटकीय क्षेत्रको रुपमा रहेको पलाञ्चोक भगवतीको मन्दिर, अनैकोट भ्यु टावर, दुग्धेश्वर मन्दिर, सुनकोशी नदि किनार धनलक्ष्मि देवि , गोल्मादेवि मन्दिर आदि परिचित रहेको छ । पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले पाँचखाल नगरपालीकाबाट अनैकोट नयाँगाँउ सडकखण्ड हुदै नगरकोट जोडने सडकको पिच भइरहेको र यो योजनामा डेढ किलोमिटर कालोपत्रे गरिने छ ।
वडाध्यक्ष खतिवडाले अाफ्नाे वडामा अवस्थित धनलक्ष्मि देविको मन्दिरकाे निर्माण कार्य भइसकेका उक्त मन्दिरले धार्मिक पर्यटन वुद्धि गर्ने उद्देश्य रहेकाे उहाँकाे भनाइ छ । साथै साहि मन्दिर वरपर पिकनिक स्पोर्टको पनि निर्माण गरेको उहाँ बताउनुहुन्छ ।
स्वास्थ्यः
स्वास्थ्य क्षेत्रलाई जोडदै खतिवडा भन्नुहुन्छ, सामुदायिक स्वास्थ्य टोलटोलमा र ज्यामिरकोटमा स्वास्थ्य केन्द्रको स्थापना भईसकेको साथै सुत्केरी को लागी सुत्केरी गराउन २४ घण्टा खुल्नेगरि बर्थिङ सेन्टर स्थापना गरिरहेको र आपतकालीन सुबिधाका लागि नगरमा एउटा दमकल रहेको उहाँले बताउनुभयो । स्वास्थ्य चौकिबाट सुगर र प्रेसरको निशुल्क उपचार गराईरहेको र अन्य धेरै सुबिधा रहेको र निम्न आय भएका वर्गलाई लक्षित गरी वेलावेलामा निःशुल्क स्वास्थ्य शिविर पनि संञ्चालन गर्दे आएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्