काठमाडौं । नेपालका विभिन्न लोककलासँग सम्बन्धित चित्रहरूको पाँच दिवसीय प्रदर्शनी काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्रदर्शनी हलमा शुक्रबारबाट सुरु भएको छ।
नेपाल ललीतकला प्रज्ञा प्रतिष्ठानको लोककला विभागद्धारा आयोजना गरीएको प्रदर्शनीको उद्घाटन एक समारोहका बीच प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले गरेका हुन। त्यस अवसरमा कुलपति कर्माचार्यले आजका सबै कलाको जननी लोककला भएकोले यस्ता कार्यशाला र प्रदर्शनीमार्फत् लोककलाको संरक्षण र विकास गरिने बताउनु भयो ।
प्रदर्शनीमा जम्मा ८२ वटा कला चित्र राखिएको छ भने उक्त प्रदर्शनी असार १७ गतेसम्म संचालन हुने छ। बिभागीय प्रमुख मिथिला देवी यादवका अनुसार लोककला विभागले बिभीन्न मितीमा कार्यशाला सञ्चालन गरीएको कलाकृतिहरुलाई प्रदर्शनीमा राखिएको हो। ती कार्यशालामा मिथिला, नेवार, थारु, अवधी, राजवंशी, मगर, किरात र तामाङ लोककलाका चित्रकारहरु सहभागी भएका यादवले बताइन्।
उद्घाटन कार्यक्रममा बिषेश अतिथीको रुपमा प्रज्ञा परीषद सदस्यहरु रमेश नाथ खनाल, सुष्मराज भण्डारी,धर्म राज शाक्य तथा सदस्य सचिब विपिन घिमीरे लगायत बिभिन्न बिधाका कलाकारहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्