कपिलबस्तुको कृष्णनगर नगरपालिकाले नगरमा ट्रमा सेन्टर बनाउने योजना बनाएको छ ।
नगरमा हुने बिभिन्न सडक दुर्घटना र भवितब्य घटनामा घाईते हुने नागरिहरुलाई उपचारको लागी टाढा लानुपर्ने बाध्यताको अन्त्य गर्न नगरपालिका ट्रमा सेन्टर बनाउन जुटेको नगर प्रमुख रजत प्रसाद शाहले जानकारी दिनुभयो । नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा बिभिन्न कार्यक्रमहरु गरिहेको छ । हाल २५ शैयाको सुविधा सम्पन्न अस्पताको शिलान्यास गरि निर्माणको काम भईरहेको छ । उक्त अस्पताल निर्माणमा २ कोरोड ७० लाखको लागत लाग्ने अनुमान गरिएको ागर प्रमुख शाहले बताउनभो । नगरभित्र ३ वटा एम्बुलेन्स संचालनमा रहेका छन ।
नगरपालिकाका सम्पुर्ण वडाहरुलाई केन्द्र सम्म जोड्ने सडक निर्माणमा पनि नगरपालिका जुटेको छ । भएको सडकहरुलाई कालोपत्रे र स्तरोन्नती र नया ट्रयाक खोल्ने काम पनि भईरहेका छन ।
सिंचाईको क्षेत्रमा नगरपालिकाले १४ वटा डिप बोरीङ जडान गरिसकेको छ । प्राविधिक र गुणस्तरिय शिक्षामा जोड दिएको कृष्णनगर नगरपालिकाको पहलमा ७ कोठे बिद्यालय भवनको निर्माण कार्य सम्पन्न भएको छ । नगरपालिकाले अन्य बिकास निर्माणका कामहरु पनि तिब्र गतिका सा गरिरहेको छ । बिभिन्न ठाउँहरुमा झोलुंगेपुलहरुको निर्माण, सामुदायीक भवनहरुको निर्माणमा नगरपालिका जुटेको छ ।
युवा लक्षित कार्यक्रममा जोड दिएको नगरपालिकाले युवाहरुको लागी मोवाई मर्मत तालिम, कम्युटर तालिम लगायतको सिपमुलक तालिमहरुपनि संचालन गरिहेको छ ।
यस्तै, कृष्णनगर नगरपालिका भित्रका मुख्य सडकहरुको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय दातृ निकाय डीएफआईडी अन्तर्गतका सडक विशेषज्ञ टोलीले कृष्णनगरमा रहेका कुल ८ वटा मुख्य सडकको अवस्था अध्ययन पश्चात नगरपालिकालाई प्रतिवेदन बुझाएको छ ।
प्रविधिक विशेषज्ञ सहितको टोलीका अध्ययन प्रतिवेदन सिनियर कन्सल्टेन्ट पूर्ण कडेरियाले कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहलाई एक कार्यक्रम गर्दै बुझाएका हुन् । सडक अध्ययनमा सडकको क्षेत्रफल, सडकको अवस्था, सडकमा भएका नाली, पुल, कल्भर्ट, टेवा पर्खाल, रोडफर्निचर, सडकको ट्राफिक चापको स्थिति समावेश गरिएको थियो । कृष्णनगर नगरपालिका क्षेत्रमा १९३ किलोमिटर सडक सञ्जाल रहेको छ । प्रतिवेदन बुझाउँदै सडक विशेषज्ञ कडेरियाले सडकहरुको नियमित मर्मतसम्भार गरेमा एक तिहाई खर्च कम भई नगरपालिकालाई आर्थिक भार कम हुने जानकारी गराएका थिए । समयमा सडकहरुको मर्मतसम्भार नहुँदा राज्यले ठूलो आर्थिक भार ब्यहोर्नु परेको उनले औंल्याए । ‘बिग्रेका सडकको तत्काल मर्मतसम्भार गरेमा एक तिहाइ खर्च कम हुन्छ,’ कडेरियाले भन्नुभयो। सडकको मर्मतमा कूल वजेटको १ देखि ३ प्रतिशत वजेट अनिवार्यरुपमा लगानी गरेमा मात्रै सडकको गुणस्तर कायम हुने कडेरियाको सुझाव छ ।
सबै स्थानीय तह, प्रदेश र संघीय सरकारले समयमै सडक मर्मत गर्ने परिपाटीको विकास गरेमा राज्यको ठूलो वजेट वचत हुने कडेरियाले सुझाव दिनुभयो । कृष्णनगरका नगर प्रमुख शाहले विज्ञहरुको प्रतिवेदनका सुझाव अनुसार सडकको नियमित मर्मतसम्भारका लागि वजेट विनियोजन गरिने बताउनुभयो । नगरका सबै सडकहरुको प्राविधिकमार्फत नियमित अनुगमन गरी समयमै मर्मत गरेर बजेट सदुपयोग गर्ने शाहले बताए ।
सडक विशेषज्ञ गम्भीर श्रेष्ठले सडक समयमै मर्मतसम्भार गर्ने हो भने भबिष्यमा हुने ठूलो रकम बचत हुने र सडकको आयु बढ्ने बताउनुभयो । कृष्णनगरका प्रमुख योजना अधिकृत प्रदिप चौधरीले अध्ययनपछि सडकको बस्तुस्थिति वेबसाइटमार्फत विश्वका जुनसुकै ठाउँबाट हेर्न सक्ने गरी राखिने र सडक सम्पत्तिको गुणस्तर र मर्मतसम्भारलाई नीति तथा कार्यक्रम र वजेटमा प्राथमिकता दिइने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्