गुलरिया नगरपालिकामा मुद्दाको चाङ, उपमेयर शुशिला गिरिलाई भ्याइनभ्याइ

गुलरिया नगरपालिकामा मुद्दाको चाङ, उपमेयर शुशिला गिरिलाई भ्याइनभ्याइ

बर्दीया/ गुलरिया नगरपालिकामा रहेको न्यायिक समितिमा दिनहुँ जसो मुद्दा लिएर मानिसहरू आउने गरेका छन् । नगरपालिकामा विशेषगरी बालबालिकाको मुद्दाहरू आउने गरेका छन् । बर्दियाको ६ नगरपालिका र २ गाउँपालिका मध्ये गुलरिया नगरपालिकममा मुद्दा हरूको चाङ लाग्ने गरेको हो ।

बुधबार बिहान ११ बजे गुलरिया नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक शुशिला गिरि कार्यालयमा रहेको कार्यकक्षमा पुग्दा गुलरिया नगरपालिका वडाका करिब एक दर्जन स्थानीयहरू कार्यकक्षमा नै थिए । उनीहरू गुलरिया नगरपालिका वडा नं वडा नं ९ का जुगुललोधले वडा नं ९ कि किनारा लोधलाई बिबाह गरि बैदेशिक रोजगारका लागि २ बर्ष पहिला मलेशिया गएका छन् र किनारालाई बिवाह गरेर बैदेशिक रोजगारमा गए श्रीमान् विदेश गएपछि किनारालाई जुगुलका बाबू आमाले माईतीमा पठाएको भन्दै उनीहरू मुद्वा लियर नगरपालिका पुगेका हुन् ।

पछिल्लो समय बैदेशिक रोजगारमा जानेहरूका घरयसी समस्या लिएर नगरपालिकामा आउने गरेको उपप्रमुख न्यायिक समिति संयोजक शुशिला गिरीले बताउनु भयो । उहाले भन्नूभयो, अहिले पनि नगरपालिकामा दिनहुँ समस्या लिएर आउने गरेको र त्यसको सुनुवाई नगरपालिकाको न्यायिक समितिले गर्ने गरेको छ ।

आइतबारमात्र कार्यालयमा ५ वटा मुद्वा दर्ता भएका छन् उपप्रमुख गिरीले भन्नुभयो। विशेष गरी नगरपालिकामा बाल बिवाह, बैदेशिक रोजगार, छिमेकीले साध मिचेको लगायतका मुद्दाहरू आउने गरको छ,उहाँले भन्नुभयो । गुलरिया नगरपालिकामा बितेको बर्ष मात्र तिन दर्जन भन्दा बढि मुद्वा परेको थियो भने यस बर्ष ५ दर्जन भन्दा बढी साना ठुला मुद्दाहरू दर्ता भएको गुलरिया नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्