सुनारपानीका वडाध्यक्ष वडाध्यक्ष कार्कीद्धारा विद्यालयलाई निशुल्क जग्गा प्रदान

सुनारपानीका वडाध्यक्ष वडाध्यक्ष कार्कीद्धारा विद्यालयलाई निशुल्क जग्गा प्रदान

रामेछाप– रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीका वडाध्यक्ष राम बहादुर कार्कीले सोही वडाको एक विद्यालयलाई निशुल्क जग्गा प्रदान गर्नुभएको छ । वडाध्यक्ष कार्कीले सोही वडाको भैरवी माध्यमिक विद्यालयलाई ८ लाख बढिको जग्गा निशुल्क प्रदान गर्नुभएको हो । वडाध्यक्ष कार्कीले आफ्नो नाममा रहेको सोहि स्थानको कित्ता नम्बर ८–७–२–३ को सो जग्गा जिल्ला मालपोत कार्यालयमार्फत विद्यालयको नाममा पास समेत गरि सकेको जानकारी दिनुभयो । आँफु र आप्mनो स–परिवारको तर्फवाट विद्यालयलाई रु ८ लाख २५ हजार बराबरको जग्गा निशुल्क प्रदान गरेको कार्कीले जानकारी दिनुभयो । 

सोही विद्यालयको विद्यार्थी हुँदै प्रधानाध्यापक समेत भएर कुशलता पुर्वक जिम्मेवारी सम्हालीसकेका कार्कीकै पहलमा उक्त विद्यालयले नि.मा.वि र मा.वि का कक्षाहरु सञ्चालनका लागी अुनमती पाउन सफल भएको थियो। उक्त विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारीमा रहेर कार्कीले लामो समयसम्म विद्यालयको शैक्षिक गुणस्तर विकाशका लागी योगदान समेत गर्नुभएको थियो । वि.स. २०२१ सालमा स्थापना भएको उक्त विद्यालयलाई व्यक्तिले जग्गा प्रदान गरेको यो पहिलो पटक हो । स्थापनाको ईतिहाँसमै पहिलोपटक आफ्नो नाममा आएको जग्गाको आम्दानीबाट विद्यालयले अव शैक्षिक तथा आर्थिक गुणस्तर वृद्धिका लागि लगानी गर्न सक्ने वडाध्यक्ष कार्कीले बताए । 

स्थानिय तहको निर्वाचनमा मन्थली नगरपालिकाको वडा नम्वर ५ बाट निर्वाचित भएपश्चात आँफुले समृद्ध वडा निर्माणका लागी वडाको समग्र पक्षको विकाशका लागी काम गरिरहेको पनि कार्कीले बताए । 

प्रतिक्रिया दिनुहोस्