काठमाडौं : बार्सिलोनाका अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसी फोर्ब्सको सूचीमा संसारमा सबैभन्दा बढी पैसा कमाउने खेलाडी बनेका छन्। उनले गत वर्ष १२ करोड ७० लाख अमेरिकी डलर (१४ अर्ब १२ करोड नेपाली रुपैयाँ) कमाएका छन्।
पोर्चुगलका क्रिस्टियानो रोनाल्डो १० करोड नौ लाख अमेरिकी डलर कमाइका साथ दोस्रो स्थानमा छन् भने तेस्रो स्थानमा रहेका ब्राजिलका नेमारले १० करोड पाँच लाख डलर कमाएका छन्।
अमेरिकी पत्रिका फोर्ब्सले खेलाडीहरूले जुन २०१८ देखि एक वर्षमा जितेको पुरस्कार, तलब र अन्य व्यावसायिक आम्दानी जोडेर सो सूची प्रकाशित गरेको हो। सन् १९९० मा सूची प्रकाशित हुन थालेयता शीर्ष स्थानमा तीन फुटबल खेलाडी रहेको यो पहिलो पटक हो।
सूचिमा एकमात्र क्रिकेट खेलाडीका रूपमा भारतीय क्रिकेट कप्तान विराट कोहली परेका छन्। फोर्व्सका अनुसार कोहलीको कमाइ २ करोड ५० लाख डलर रहेको छ। उनी यस सूचिको १०० औं नम्बरमा परेका हुन्।
फोर्व्सले मंगलबार सार्वजनिक गरेको सूचि अनुसार कोहलीको कमाइ विज्ञापनबाट २.१ करोड अमेरिकी डलर छ भने पारिश्रमिक तथा जितेका म्याचबाट उनले ४० लाख डलर छ। यो उनको बितेका १२ महिनाको कमाइ हो। गतवर्ष उनी यस सूचिमा ८३ औं स्थानमा थिए। उनको विज्ञापनको कमाइमा यस वर्ष १० लाख डलरको बढेको छ।
सबैभन्दा धेरै कमाउने पाँच खेलाडी
१. लियोनल मेसी, फुटबल, १२ करोड ७० लाख डलर
२. क्रिस्टियानो रोनाल्डो, फुटबल, १० करोड नौ लाख डलर
३. नेमार, फुटबल, १० करोड पाँच लाख डलर
४. क्यानेलो अल्भारेस, बक्सिङ, नौ करोड ४० लाख डलर
५. रोजर फेडेरर, टेनिस, नौ करोड ३४ लाख डलर
प्रतिक्रिया दिनुहोस्