पुष्कर खड्का / रामेछाप
भोजपुरको अरुण गाउपालिका वडा नं. ६ जरायोटारमा जन्मिनु भएक नेपाली लोक सङ्गीतका चर्चित गाएक तेजेन्द्र गन्धर्ब आज २७ बर्ष पार गरि २८औं बर्षमा प्रवेश गरेका छन्।भोइस अफ नेपालमा ‘बल्छी काडैले’ बोलको गित बाट निर्णायकको मन जितेपछि छनौटमा पर्न सफल भएपनि दोस्रो राउण्ड बाट उनी बाहिरिएका थिए ।
उनि गन्धर्ब परिवारमा जन्मेका थिए र सानै उमेरदेखि सारंग्गी रेट्न सिपालु बने । यतिमात्र हैन उनले त बासुरि पनि गज्जबले बजाउने गर्छन । पछिल्लो समय निकै व्यस्त छन। स्टेज प्रोगाम र गित रेकर्डमा व्यस्त छन् आज भोलि गन्धर्ब।
गितहरु धमाधम रेकर्ड हुदैछ ,रेकर्ड हुन बाँकी गीतहरु पनि लाइन मै रहेका छन् ।
अहिले सामाजिक काममा पनि उतिकै व्यस्त भई रहेका छन्।विदेश जाने दाजुभाइ दिदीबहिनीको पिडालाई गित मार्फत व्यक्त गर्दै जनचेतना मुलक गितहरु प्रस्तुत गर्दै अभियान नै लिएर पनि हिडिरहेका छन । जन्मदिनको विशेष अवसरमा विदेश जाने युवाहरुको लागि चेतानामुकल कार्यक्रमको दौरान रामेछाप मन्थलीमा छन् , उनै गन्धर्ब। उनले विदेश जान हुन्न आफ्नै देशमा केहि गर्नु पर्छ,विदेश गएपनि सिप सिकेर जानु पर्दछ, आफ्नो सिप भए दुख पाइन्न ,दलाल को भरमा नफसौं ,जस्ता चेतनामूलक गित को प्रस्तुति हुनेछ ।
तेजिन्द्र भन्छन, मलाइ सबैले माया गरिदिनु भएको कारण म आज सम्म आउन सफल भएको छु ,अझै माया र साथ सहयोग तथा सल्लाह सुझाबको अपेक्षा गरेको छु। उहाँको पछिल्लो समय रेकर्ड गरिएको गित पनि युट्युबमा उपलब्ध छ ।
प्रतिक्रिया दिनुहोस्