बेलबारी/ मोरङ जील्लाको बेलबारी नगरपालीका ७ का भुन्टे विश्वकर्माका वाख्रालाई खोले घास र पानि दिदा पनि बलिया नभएपछि बुधवार विहान घरमा भएका सवै वाख्रा लिएर पुरानो वाउनि बजारमा आए ।
पहिलो पटक गाँउमै पशु स्वास्थय शिविर गएपछि उनले आफना बाख्राका समस्या देखाउन पुरानो बाउनि बजार गएका रहेछन् । बाउनि बजारमा बेलबारी नगरपालिका सहित अन्य सघ सस्थाको सहयोगमा एक महिला सहकारीले स्वास्थय शिविर गरेको थियो । परिश्रमि महिला उधमि सहकारी सस्थाले गरेको स्वास्थय शिविरमा ८ वटा वाख्रा लिएर भुन्टे तहाँ पुगेका हुन ।
गाँउमै पहिलो पटक पशु स्वास्थय शिबिरबुधवार हुदै छ भन्ने मगलवारनै थाहा पाए उनले भने विहानै बाख्रा वलियो बनाउन के भएको रहेछ भनेर देखाउन ल्याएको हुँ । तिन माउ वाख्रा,तिन वटा वोका र २ वटा साना पाठा लिएर पुगेका उनि गाँउमै स्वास्थय शिविर हुदा खुसि समेत देखिन्थे ।
त्यस्तै बेलबारी ७कै गोपाल कार्की विहान ८ः३० बजेतिर दुई वटा भैसिका पाढि लिएर उपचार गराउन गएका थिए । घास, खोले, पानि, चोकर दैनिक बढाइरहेको छु कार्कीले भने तर जहिले हेरो उस्तै देन्छिन् । शिविरमा आएका कृर्षकहरुले जनप्रतिनिधि आएको आभास भएको समेत बताए ।
शिवरमा गोवर परिक्ष्ण, कृतिम गर्भधारण,बाझोपनाको उपचार,पशु बन्धयाकरण, नाम्ले जुकाको औषधि खुवाउने कुखुराहरुलार्य जुकाको औषधि खुवाउने लगायतका सेवा शिविरमा दिएको थियो । बेलबारी नगरपालिका हेपर इन्टरनेशनल नोपल, अभियान नेपाल,र औषधि उत्पादक कम्पनिको सहयोगमा भएको पशु शिबिरमा ६ हजार पशु पक्षिको स्वास्थ्य परिक्ष्ण गरिएको छ ।
अभयिान नेपालका कार्यक्रम संयोजक हेम श्रेष्ठका अनुसार १ सय ५० वटा पशुहरुको गर्भ परिक्षण गरिएको छ भने १सय १ वटा बन्ध्याकरण गरिएको छ । १८ सय ३५ वटा पशुलाई औषधि वितरण गरिएको छ भने ८ सय पशुलाई विभिन्न रोगको खोप लगाइएको हो । ३ हजार कुखुरालाई औषधि खुवाइएको छ । निशुल्क औसधि सहतिको स्वास्थय शिविर पहिलो पटक गरिएको परिश्रमिक महिला समुहकि अध्यक्ष गगा श्रेष्ठले बताईन ।
उक्त शिबिरको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले वाख्रालाई औषधि खुवाएर उद्घाटन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्