काठमाडौं : हिमालयन हाइड्रोपावर लिमिटेडको २२ लाख ५० हजार कित्ता आइपीओ खुल्ने भएको छ । हिमालयनले १०० रुपैयाँ अंकित मूल्यमा २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । आइपीओ ल्याउनका लागि हिमालयनले जनता क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
कुल निष्कासित हुने सेयरमध्ये ९ करोड रुपैंया बराबरको ९ लाख कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ । आइपीओ निष्काशन गर्ने सम्बन्धमा हिमालयन हाइड्रो र जनता क्यापिटलबीच सम्झौतामा हस्ताक्षर समेत भएको छ ।
सम्झौतामा हिमालयन हाइड्रोपावर लिमिटेडका तर्फबाट संचालक शिवकृष्ण श्रेष्ठ र बिक्री प्रवन्धक जनता क्यापिटल लिमिटेडका कार्यकारी निर्देशक विश्व सुवेदीले हस्ताक्षर गरेका छन् । कम्पनीले आउँदो दशैैं सम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया दिनुहोस्