रामेछापको लिखु तामाकोशी गाउँपालिकामा वडा नं.२ सैपुमा शनिबार अरनिको यात्रुवाहक बस दुर्घटना हुदा १६ जना घाइते भएका छन । ओखलढुंगाको पोल्थलीबाट काठमाडौंका लागि छुटेको बा ३ ख ५०६७ नम्बरको अरनिको यातायातको बस सैपुको सुनुवार गाउँमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुंगा रगनीकी सुनीता राई, सपना राई, लिखु तामाकोशी गाउँपालिकाका धनकुमारी पौडेल, टंकनाथ पौडेल, थरहरी पौडेल, सर्मीला पौडेल गम्भीर घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकी सैपुमा प्राथमिक उपचार पश्चात दुईवटा एम्बुलेन्सबाट काठमाडौ रिफर गरिएको छ। घाइतेको पाखुरा, टाउँको र खुट्टामा चोट लागेको छ भने अन्य १० जना सामान्य घाइते भएका छन ।
घाइते भएका थहरी पौडेलका अनुसार दुर्घटनाको केही समय अगाडी बसको टायर पन्चड भएको थियो । चालक लाई उदृत गर्दै उनले भने एउटा टायर पन्चड भएकाले सम्ममा लगेर बनाउन अगाडि बढाउँदा गाडिको ब्रेक फेल भयो । ठूलो क्षति हुनबाट जोगाउन चालकले भित्ताको नाली साइडमा गाडि मोडेर जोगाएका थिए।
गत बुधबार पनी रामेछापको सेलेघाटमा माइक्रोवस दुर्घटना चालकले ठूलो दुर्घटनाबाट ११ यात्रुको ज्यान बचाएका थीए । सेलेघाटको मोडमा ब्रेकफेल भएर बा ४ ख २९८२ नम्बरको माइक्रो बस ठूलो दुर्घटनाबाट बचेको थियो ।
मालुखोलाबाट काठमाडौंतर्फ जादै गरेको कुशेश्वर यातयात प्रालिकाको माइको बस मोडमा दुर्घटना भएको थियो । गाडी चालक सन्तोष गोलेले निकै सावधानी पूर्वक ११ जना यात्रुको ज्यान बचाउन सफल भएका थिए । पाँच मिटर मात्र चालकले गाडी भित्तामा नपल्टाएको भए सिधै तामाकोसीमा पुग्ने अवस्था रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्