सिंगटी । प्रभु बैंक लिमिटेडले दोलखाको उत्तरी क्षेत्रमा अवस्थित कालिन्चोक गाउँपालिका वडा नं. ३, सिंगटीमा रहेको शाखा कार्यालयमा एटिएम मेसिन स्थापना गर्दै सेवाको सुचारु गरेको छ । आज एक कार्यक्रमका बीच कालिन्चोक गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष दल बहादुर तामाङले सो सेवाको समुद्घाटन गर्नु भएको हो । उक्त अवसरमा जनप्रतिनिधिहरू, व्यापारी तथा स्थानीयवासीहरूको पनि सहभागिता रहेको थियो ।
स्थानीयवासीहरुलाई सुविधा पुगोस् भन्ने लक्ष्यका साथ एटिएम सेवा सुरु गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्