विकास निर्माण सम्बन्धी धेरै अधिकार स्थानीय सरकारले पाएसँगै त्यसको सदुपयोगका निम्ति जनप्रतिनिधिहरु लागी परेका छन् ।
स्थानीय सरकारले दिगो विकास र समृद्ध जीवनको परिकल्पना सहित सडक, खानेपानी, सरसफाई, शिक्षा, स्वास्थ्य, विद्युत र आधुनिक कृषि खेती लगायतका विषयलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाईरहेका छन् । स्थानिय सरकारले सबै वडा कार्यालयमा सडक बाटो, सबै बस्तीमा स्वच्छ खानेपानी, युवा स्वरोजगार, सर्वसुलभ र समान शिक्षा, कृषिमा आधुनिकरण जस्ता विकासका काम गर्दै आएका छन् । पर्वतको विहादी गाउँपालिका पनि आफ्नो विकासको पूर्वाधार निर्माणका कामहरुमा अग्रसर भएर लागि परेको छ । सबै वडाहरुमा सडक विस्तार तथा स्तरोन्नती गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष कमल प्रसाद भुसालले बताउनुभयो ।
जिल्लाको बिहादी गाउँपालिकाले आफ्नै भवन निर्माण गरी कार्य सम्पादन गर्न थालेको छ । भवन निर्माण सम्पन्न गरी गाउँपालिकाले असोज ५ गतेदेखि नयाँ भवनबाट सेवा दिन सुरु गरेको हो । मासिक ३२ हजार बढी भाडा तिर्दै आएको गाउँपालिकाले अहिले आफ्नै भवनबाट सेवा सुरु गरेको हो । प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा ५० लाखको लागतमा ७ कोठे भवन निर्माण गरि सेवा दिन थालिएको गाउँपालिका अध्यक्ष भुषालले जानकारी दिनुभयो ।
गाउँपालिकाका सम्पुर्ण नागरिकहरुलाई स्वास्थ्य सेवाको सहज पहँुच पुर्याउन संघिय सरकारको योजना अनुरुप १५ शैयाको अस्पलाल शिलान्यास गरि संचालनको तयारिमा रहेको छ । प्रत्यक वडामा स्वास्थ्य चौकीको व्यवस्था पनि गरिएको छ । यस्तै १० शैया अर्काे अस्पतालको टेन्डर प्रक्रिया अघि बढिसकेकको छ । गाउँपालिकाको केन्द्रबाट सबै वडामाहरु सडक संजाल बिस्तार गर्ने योजना बनाएको विहादी गाउँपालिकाले ति सडकहरुलाई बाह्रै महिना गाडि चल्न सक्ने गरि बिस्तार गरिहेको छ । विद्युतमा काठेपोल बिस्तापित गरि फलामको पोल हाल्ने कार्यमा जुटेको गाउँपालिकाले सबै वडाहरुमा बिद्युत बिस्तारको काम अघि बढाएको छ । कृषि र पशुपालनमा जोड दिएको बिहादी गाउँपालिकाले गाई र भैसि पालन गर्ने कृषकहरुलाई २० हजार अनुदान दिने ब्यवस्था पनि गरेको छ । किसानलाई दिगो आम्दानीतर्फ आकर्षित गर्ने गाउँपालिकाको योजना अनुसार किसानलाई पशुपालनमा अनुदान दिन थालिएको गाउँपालिकाले जनाएको छ । यस्तै, उन्नत जातको बोका वितरण, तरकारी खेति गर्नेहरुलाई अनुदान, टनेलको लागी प्लास्टिक वितरण, नर्सरिको विरुवा वितरण लगायतको काम पनि गाउँपालिकाले गरिहरेको छ । १ घर १ तरकारि बालि बनाउने अभियानमा पनि गाउँपालिका जुटेको छ ।
पर्यटनलाई बिशेष जोड दिएको गाउँपालिकाले पर्यटकिय स्थलहरुको पहचिान गरि प्रचार प्रसार गर्ने योजना बनाएको छ । गुणस्तरिय शिक्षामा जोड दिएर सम्पुर्ण सामुदायीक बिद्यालयहरुमा कक्षा ५ सम्म अंग्रेजि बिषय पठनपाठन संचालन गरिएको छ । यस्तै प्राविधिक शिक्षा र कृषि जेटिए बिषय गाउँपालिकास्तरकै बिद्यालयहरुमा पढ्न सकिने ब्यवस्था गरिएको छ । गाउँपालिकाका युवाहरुलाई स्थानियस्तरमानै स्वरोजगार बनाउन विहादी गाउँपालिकाले बिभिन्न किसिमका सिपमुलक तालिमहरु दिने गरेको छ । यस्ता समग्रह कुराहरुलाई नियाल्ने हो भने, सिंहदरबारको अधिकार गाउँ गाउँमा पुगेको अध्यक्ष भुषाल बताउनुहुन्छ । तर, अन्य गाउँपालिकामा जस्तै विहादी गाउँपालिकामा पनि कर्मचारीको अभाव रहेको छ ।
विश्वभर फैलिएको कोरोना महामारीको असर विहादी गाउँलिकामा पनि देखियो तर जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीहरुको साथ सहयोगले यहाँ नागरिकलाई सुरक्षित राख्न गाउँपापालिका सफल भएको छ । कोरोना माहामारीमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण, मास्क , सेनिटाइजरको बितरण, आरडिटि र पिसिआर परिक्षण गर्दै यसको नियन्त्रण गर्ने प्रयासहरु गरेको थियो । यसले पनि विहादी गाउँपालिकाको प्रभावकारी योजना र चुस्तदुरुस्त व्यवस्थापनलाई झल्काउदछ । आगामी दिनमा नगरवासीहरुको हित र अपेक्षालाई मध्यनजर गर्दै गाउँपालिकाको सम्पुर्ण विकास निर्माणका कामहरु अगाडि बढाउने गाउँपालिका अध्यक्ष भुसालको योजना छ ।
प्रतिक्रिया दिनुहोस्