कविता पोखरेल
पौष १ पैयूँ । पर्वत जिल्लाको पैयूँ गाउँपालिकाको ७ वटै वडामा सडक पुगेको छ । पहिले पैदल यात्रा गरेर मानिसहरु आवत जावत गर्न बाध्य भएका थिए । तर अहिलेको परिपेक्ष्यमा ७ वटै वडामा सडक पुगेको गाउँपालिकाका अध्यक्ष खगेन्द्र प्रसाद तिवारी भन्नुभयो । सडकको निर्माण भए पश्चात मानिसहरुलाई आवत जावत गर्न निकै सहज भएको छ । अध्यक्ष तिवारी भन्नुभयो सडकहरु पीच गर्ने कार्य पनि जारी छ र ३० कि.मी. सडक पीच भइसकेको छ । यस्तै गाउँपालिकामा खानेपानी मुख्य समस्या रहेको छ । यसको चाँडै व्यवस्था गर्ने र प्रत्येक घरघरमा १ घर १ धाराको व्यवस्था हुनेछ ।
पहिलेको जस्तो पानीको लागि घटौं कुरी रहनु पर्ने बाध्यता चाडैं अन्य गर्ने अध्यक्ष तिवारीको भनाई छ । उहाँले भन्नुभयो विकास निर्माण कार्यहरु धेरै भएका छन् । विद्यालयको भवन निर्माण गर्ने, काठको पुल भएको ठाउँमा फलामे पुलको विस्थापित गर्ने र पालिकाको स्रोत साधनले भ्याएसम्म १ घर १ रोजगारको व्यवस्था गर्ने योजना भइरहेको अध्यक्ष तिवारीले बताउनु भयो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस पालिकामा फैलिन नदिनका लागि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु मार्फत सतर्कता अनाएको तिवारीको भनाई छ ।
कोरोनाबाट प्रभावित भएका व्यक्तिहरुलाई राख्नको लागि ३२ शैयाको हस्पिटल , क्वारेन्टाइन र आइसोलेशनको व्यवस्था रहेको छ । अध्यक्ष तिवारीले भन्नुभयो स्वास्थ्यको मापदण्डमा रही हाल विद्यालयहरु पनि सञ्चालनमा आएको छ । साथै कोरोनाबाट सबै नागरिकहरुलाई सचेत समेत आग्रह गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्