समृद्ध र अर्गानिक गाउँपाकिा बनाउने योजनामा छौंः अध्यक्ष श्रेष्ठ

समृद्ध र अर्गानिक गाउँपाकिा बनाउने योजनामा छौंः अध्यक्ष श्रेष्ठ

कविता पोखरेल

माघ १५, मेलुङ गाउँपालिका । स्थानीयका जनप्रतिनिधिहरुले विकास निर्माणको कार्यलयमा खेलेको भुमिका र योगदान उत्तिकै महत्वपूर्ण छ । यसैं, सन्दर्भमा दोलखा जिल्लाको मेलुङ गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठले समृद्ध र अर्गानिक गाउँपालिका निर्माणको लागि चाल्नु भएको कदम निकै प्रेरणादायी छ । कतिपय स्थानीय तहहरुमा विकास निर्माणको काम सुस्त गतिमा भएको बेला मेलुङ गाउँपालिकाका, अध्यक्ष श्रेष्ठले भने भौतिक पूर्वाधाहरुको कामलाई तिव्र गतिमा अघाडी बढाएको पाईन्छ ।

निर्माण भएका सडकलाई थप फराकीलो र सडक नपुगेको ठाउँमा निर्माण गर्ने काम पालिकाको सबै वडामा सम्पन्न भएको अध्यक्ष नर बहादुर श्रेष्ठले बताउनु भयो । सडकको स्तरउन्नती भए पछि आम सर्वसाधारणहरुलाई यात्राको लागि सहज भएको छ । सो, सडक खण्डमा सोलार जडान भएको भने दैनिक रुपमा सडकमा रातको समयमा बत्ति बल्नेछ । शैक्षिक क्षेत्रको लागि पालिकाले सम्पुर्ण विद्यालयहरुमा गुणस्तरीय र सर्वसुलभ शिक्षामा जोड दिनुका साथैं बालमैत्री विद्यालय समेत निर्माण गरेको छ ।

आम नागरिकहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै पालिकाको सबै वडामा स्वास्थ्य सेवाको पहुच पुग्नेगरी स्वास्थ्य भवन निर्माण गरेको छ भने सुत्केरी महिलाहरुलाई ५ हजारको खदर रकम वितरण गर्दै आइरहेको छ । यस्तै, कृषि क्षेत्रमा आवद्ध भएका किसानहरुलाई आधुनिक टयाक्टर वितरण भएको छ । पालिकामा सुन्तला र आलु महोत्सव समेत हुने गरेको छ । उहाँको अनुसार, पालिकालाई चाँडैं अर्गानिक र समृद्धिको उचाईमा पुग्ने अध्यक्ष श्रेष्ठले विस्वास व्यत्ति गर्नुभयो ।

विश्व मानव समुदायमा फैलिएको कोरोनाको उच्च जोखिम रहकोले संक्रमण न्युनीकरणको यस पालिकाले आम नागरिकहरुलाई जनचेतना मुलक कार्यत्रम मार्फत सचेतना गरेको थियो । कोरोबाट प्रभावित भएका नागरिकहरुलाई राहत वितरण गर्नुका साथै बाहिरबाट आएका नागरिकहरुलाई पालिका स्तरीय सुविधा सम्पन्न क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको थियौं अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्