रचना तिमल्सिना
माघ ५, फतुवा विजयपुर नगरपालिका । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाको सबै नगरवासिन्दाहरुको लागि विजुली बक्ति निःशुल्क गरेको छ ।
नगरभित्र जतिपनि घर धुरीहरु छन् उनीहरुको विजुलीको महशुल नगरपालिकाले नै भुक्तानी गर्दै आएको नगर प्रमुख गोपाल राय यादवले भन्नुभयो । उहाँले भन्नुभयो, आफु नगरमा निर्वाचित भए पश्चात जनताहरुको भावना र चाहानालाई कदर गर्दै नगरमा काम रहेको छु । नगरले शैक्षिक क्षेत्र अन्तर्गत केहि विद्यालयका गरिब विद्यार्थीहरुलाई निःशुल्क स्कुल पोशाक वितरण गरेको यादवले बताउनु भयो । एक घर एक धारा खानेपानीको अभियान सञ्चालन गरी नगरमा ११ वटा पानी ट्याङकी निर्माण कार्य सम्पन्न गरेको छ ।
नगर भवन निर्माणाधिन अवस्थामा रहेको र वडा कार्यलयको भवन निर्माण कार्य सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । स्थानीय सरकारको व्यवस्थापन पछि नगरमा चौतर्फी रुपमा विकास निर्माण कार्य भइरहेको नगर प्रमुख यादवले जनाउनु भयो । समग्रमा सम्पूर्ण क्षेत्रलाई समेट्दै नगर समृद्धिको बाटोमा निरन्तर अघि बढीरहेको यादवले भन्नुभयो ।
यस्तै, पालिकामा कोरोनाको उच्च जोखिम रहेकोले संक्रमण रोकथामको लागि टोलटोलमा विभिन्न सन्देश मुलक कार्यक्रम मार्फत आफनो नागरिकहरुलाई सचेतना गराएको यादवले बताउनु भयो । कोरोनाबाट प्रभावित भएका नागरिकहरुको लागि पालिका स्तरीय २ सय बेड क्षमता भएको सुविधा सम्पन्न क्वारेन्टाइमा राख्ने व्यवस्था गरेको नगर प्रमुख यादवले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्