रचन तिमल्सिना
विश्रामपुर गाउँपालिका । स्यानीय सरकारको व्यवस्थापन पछि बारा जिल्लाको विश्रामपुर गाउँपालिकामा एक कुशल र कर्मनिष्ठ जनप्रतिनिधिको उपस्थितीले स्थानीय वासिन्दाहरुको मुहार खुसी छाएको अवस्था छ । कारण हो , पालिकामा सडक, पुल, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रमा विकास निर्माणको काम उल्लेखनीय रुपमा भएको छ । भएका सडकलाई फराकीलो र ढलान गर्नुका सार्थ सडक नपुगेको ठाउँमा निर्माण कार्य तिव्र गतिमा भइरहेको गाउँपालिका अध्यक्ष अमिरीलाल राउतको भनाई छ ।
सडकको ढलान गर्ने र नाल हाल्ने काम लगभग ७० प्रतिशत सम्पन्न भएको छ । पालिकाले शैक्षिक क्षेत्रमा पनि उल्लेखनी प्रगती गरेको अवस्था छ । केही विद्यालयका छात्र–छात्रहरुलाई २ सय थान साईकल वितरण गरेको अध्यक्ष राउतले भन्नुभयो । कृषि क्षेत्रलाई मध्यनजर गर्दै किसानहरुको लागि तरकारी खेति, बाख्रा र गाई पालनमा विशेष जोड दिएको छ । उहाँले भन्नुभयो, वडा कार्यलयको २ भवन निर्माण कार्य सम्मन्न भएको छ भने बाँकी ३ वडा निर्माणाधिन अवस्थामा रहेको छ । आफु अध्यक्षमा निर्वाचित भए पश्चात विगतको तुलनामा भन्दा विकास निर्माण कार्यमा परिवर्तन आएको राउतले जनाउनु भयो ।
समग्रमा यस पालिकाले सम्पूर्ण क्षेत्रलाई समेट्दै समृद्धिको उचाईमा निरन्तर अघि बढीरहेको देख्न सकिन्छ । स्थानीय सरकारको व्यवस्थापन र नयाँ जनप्रतिनिधिको कामप्रति स्थानीय वासिन्दाहरुमा पनि सकारात्मक भावनाको विकास भएको अध्यक्ष राउत बताउनु हुन्छ । यस्तै, विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण न्यूनीकरणको लागि पालिकाले टोलटोलमा गई कोरोना सम्बन्धि विभिन्न जनतचेतनामुलक कार्यक्रम मार्फत आफना नागरिकहरु समक्ष सतर्कता अपनाएको अध्यक्ष राउतले भन्नुभयो । साथै, महामारीको समयमा यस पालिकाले मास्क, स्यानीटाइजर जस्ता अन्य स्वास्थ्य सामाग्रीहरु वितरण गरेको अध्यक्ष राउतले जनाउनु भयो ।
प्रतिक्रिया दिनुहोस्