शैक्षिक क्षेत्रमा सुधार गर्दै देवानी गोनाही नगरपालिका

शैक्षिक क्षेत्रमा सुधार गर्दै देवानी गोनाही नगरपालिका

रचना तिमल्सिना
 देवानी गोनाही नगरपालिका । रौतहट जिल्लाको देवानी गोनाही नगरपालिको सम्पूर्ण विद्यालयमा आवश्यक शैक्षिक सामाग्रीहरु वितरण कार्य भएको छ । नगरको कै पहलमा गुणस्तरीय डेस्क बेन्च वितरण गरेको नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेलको भनाई छ । शैक्षिक क्षेत्रमा स्रोत साधन र सबैको सहयोगमा अन्य सुधार कार्य भइरहेको नगर प्रमुख पटेलले भन्नुभयो । उहाँको अनुसार आफु यस नगरमा निर्वाचित भए पश्चात नगरको क्षेमताले भ्याएसम्म सडक, कृषि, शिक्षा, पर्यटन, खानेपानी लगायत अन्य क्षेत्रमा उल्लेखनीय विकासको प्रगती भएको छ । अहिले पनि विकास निर्माण कार्य जारी रहेको र केही निर्माणको लागि पहल भइरहेको नगर प्रमुख पटेलले बताउनु भयो । कृषि क्षेत्रमा किसानहरुको लागि पानी तान्ने मोटर समेत वितरण गरेको उहाँले दावी गर्नुभयो । स्वास्थ्य भवन ५ वडा रहेको थियो हाल ४ वटा थपेर नगरमा जम्मा ९ वटा स्वास्थ्य भवनको व्यवस्था भएको नगर प्रमुख पटेलले जनाउनु भयो । यस्तै, नगरमा कोरोना उच्च जोखिम रहेकोले संक्रमण रोकथामको लागि टोलटोलमा गई विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत सबै नागरिकहरु समक्ष सचेतना गराएको उहाँले भन्नुभयो । कोरोनाबाट प्रभावित भएका र वितन्न नागरिकहरुलाई राहत वितरण कार्य समेत गरेको नगर प्रमुख पटेलले बताउनु भयो । बाहिरबाट आएकाहरुलाई नगरस्तीय क्वारेन्टाइनमा राख्ने व्यवस्था गरको नगर प्रमुख पटेलले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्