कविता पाेखरेल ।
बर्जु गाउँपालिका । सुनसरी जिल्लाको बर्जु गाउँपालिकामा भौतिक पूर्वाधारहरुको कामले तिव्रता पाएसँगै पालिका विकसित बन्दै गएको छ । सडक, कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी लगायत विविध क्षेत्रमा उल्लेखनी विकास निर्माण कार्य भइरहेको अध्यक्ष श्री रघुनन्दन चौधरीको भनाई छ । आफु जनप्रतिनिधिमा निर्वाचित भए पश्चात पालिकाको केन्द्र देखि वडाहरुलाई जोड्ने सडकखण्डको निर्माण कार्य सम्पन्न भई हाल सबै प्रत्येक वडामा सडक पुगेको अध्यक्ष चौधरी बताउननु हुन्छ ।
पालिका भवन निर्माण कार्य सम्पन्न भएको र अन्य क्षेत्रको भवनहरु पनि निर्माणाधिन अवस्थामा रहेको चौधरीले भन्नुभयो । कृषि क्षेत्रमा युवाहरुलाई पशुपालन र सिचाईमा प्राथामिकता दिने योजना रहेको चौधरीले जनाउनु भयो । सम्पूर्ण क्षेत्रलाई समेट्दै समृद्धिको यात्रामा पालिका अघि बढीरहेको अध्यक्ष चौधरीले बताउनु भयो । स्थानीय सरकारको व्यवस्थापन र नयाँ जनप्रतिनिधिको आगमनसँगै विगतको तुलनामा भन्दा उल्लेखनीय विकास निर्माण कार्य भएको चौधरीले जनाउनु भयो । स्थानीय सरकारबाट पाउने सेवा सुविधाहरु र पालिकाको कामप्रति जनताहरुमा सकारात्मक भावना पैदा भएको स्पष्ट देख्न सकिन्छ ।
यस्तै, विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण रोकथामको लागि विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत जनताहरु समक्ष सतर्कता अपनाएको अध्यक्ष चौधरीले बतानउनु भयो । देश वा विदेशबाट आएकाहरुलाई पालिका स्तरीय क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था रहेको अध्यक्ष चौधरीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्