रचना तिमल्सिना ।
सिरहा जिल्लाको सखुवानन्कारकट्टि गाउँपालिकाले महिलाहरुका लागि सीपमुलक कार्यक्रमहरु संचालन गरेको छ ।
गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवका अनुसार गाउँपालिकाले महिला सशक्तिकरणकालागि सिलाइ कटाई जस्ता सिपमुलक तालिमहरु सन्चालन गरि उनिहरुको जिबनस्तर माथी उकास्न सहयोग गरिरहेको छ । यस्तै सखुवानन्कारकट्टिमा शैक्षिक क्षेत्रको बिकासको लागि गाउँपालिकाले आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण तथा प्राबिधिक एबम गुणस्तरिय शिक्षामा जोड दिएको छ । गाउपालिकाको केन्द्र सम्म सबै वडालाई जोड्ने सडकको काम पनि तिब्र गतिमा भैरहेको र पुराना सडकहरुको स्तरोन्नति तथा कालोपत्रेको काम पनि जारि रहेको छ ।
स्वास्थ सेवाको पहुँच सम्पुर्ण गाउँपालिकावासिमा पुर्याउन गाउँपालिकाकै पहलमा सुबिधा सम्पन्न अस्पतालको शिलान्यास भइसकेको छ भने २ वटा बर्थिङ सेन्टरको स्थापना गरिएको छ । कटरिया नदिमा पक्की पुल निर्माणको काम पनि तिब्र गतिमा अगाडि बढीरहेको अध्यक्ष यादवले बताउनुभयो । गाउँपालिकाले स्थानिय नागरिकहरुले मनोरञ्जनकालागि ६ करोड लागानिमा पार्कको निर्माण कार्य पनि अगाडि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्