रचना तिमल्सिना।
प्युठान जिल्लाको माण्डवी गाउँपालिकाले जिल्लाकै समृद्ध गाउँपालिका बनाउने योजना बनाएको अध्यक्ष श्रीधर रोकाले बाताउनु भएको छ ।
उहाका अनुसार गाउँपालिकाको केन्द्र सम्म सबै वडालाई जोड्ने सडकको निर्माण कार्य सम्पन्न भइसकेको छ। सबै वडाको लागि सुबिधा सम्पन्न १५ शैयाको अस्पतालको निर्माणको कार्य अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो । त्यस्तै एक घर एक धाराको अभियान मार्फत गाउँपालिकाले सम्पुर्ण वडाहरुमा खानेपानीको ब्यवस्था गरेको छ । बिद्युतिय सेवा ५० प्रतिशत गाउँपालिकाबासीमा पुगिसकेको र बाकी जनतामा चाडै पुर्याउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
शैक्षिक क्षेत्रको बिकासको लागी प्राबिधिक शिक्षामा जोड र सुबिधा सम्पन्न बिधालय भवनको निर्माण गरिएको छ । कृषी तथा पशुपालनको लागि किसानलाई बीउ अनुदान दिएको छ गाउँपालिकाले । गाउँपालिकाले केहि महिना भित्रे आफु्नो सुविधा सम्पन्न भवनबाट नागरिकलाई सेवा दिन सक्ने गरि निर्माण कार्य भइरहेको छ । आगामि दिनहरुम कोरोना माहामारीको असरलाई कम गर्दै माण्डवी गाउँपालिकालाई समृद्ध बनाउने अभियानमा आफुहरु रहेको अध्यक्ष रोकाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्