काठमाडौं। धादिङको सलाङघाटस्थित त्रिशुली नदीमा बस खस्दा मृत्यु भएका तीन जनाको सनाखत भएको छ। मृत्यु हुनेमा ब्रमपुरी गाउँपालिका ४ सर्लाहीका राजनारायण रौनियार, उनकी श्रीमती शोभा रौनियार र भतिजो सौरब रौनियार छन्। प्रहरीका अनुसार उनीहरू एकै परिवारका हुन्।
सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७४६९ नंको यात्रुवाहक बस शुक्रबार बिहान ३ बजे त्रिशूली नदीमा खसेको थियो। दुर्घटनामा २५ जना हराइरहेको र १२ जना गम्भीर घाइते भएका छन्। घाइतेहरूको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रेडक्रसकर्मीहरू लागिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्