पाँचथरको कुम्मायक गाउँपालिकाका अध्यक्ष जय बहादुर चेमजोङले स्थानिय नागरिकलाई गाँउमानै स्वरोजगार बनाउन गाउँपालिका लागी परेको बताउनु भएको छ ।
उहाँका अनुसार युवाहरुलाई सिपमुलक तालिम दिने, पशुपालन, कृषि फार्म संचालन गर्न चाहानेहरुलाई अनुदान दिने व्यवस्था गाउँपालिकाले गरिदिएको छ ।
स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले ५ शैयाको अस्थायी कोभिड अस्पताल निर्माण गरेको संचालन गरिसकेको छ । गत मंसिर १५ गते १५ शैयाको अस्पतालको पनि शिलान्यास गरिएको र उक्त अस्पतालको निर्माण कार्य सुरु भइसकेको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले गुणस्तरिय प्राविधिक शिक्षालाई जोड दिएको समेत अध्यक्ष चेमजोङले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिकाले सडक, भौतिक पुर्वाधार निर्माण,खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन प्रवद्र्धन लगायतलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । कोराना महामारीले कुम्मायक गाउँपालिकालाई असर गरेपनि हरेक परिस्थितीको सामना गरेर अघि बढ्ने योजना रहेको अध्यक्ष चेमजोङले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्