रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले रामेछाप जिल्लाको विकासकाे लागी आफू कटिबद्द भएर लागी परेको बताएका छन् । बिहिबार सुनापती गाउँपालिका–२ दिपीपोखरीस्थित मन्दिर माविको नवनिर्मित दुई कोठे विद्यालय भवनको उदघाटन गर्दै सांसद श्रेष्ठले स्थानीय तह र प्रदेश सरकारसँग केन्द्र सरकारले प्राथमिकता निर्धारण गरेर विकास निर्माणको काम अगाडि बढाएको बताए ।
आगामी बजेटमा जिल्लाको विकासको लागि धेरै बजेट पार्ने गरी योजना पेश गरेको बताउदै जिल्लामा विकास निर्माणको कामले गति लिएको उनकाे दाबि थियाे ।
विद्यालय भवनको उदघाटन कार्यक्रममा बाेल्दै सांसद श्रेष्ठले विद्यालयलाई माविको दरबन्दी स्वीकृत गर्न र थप चार कोठे भवन निर्माणको गर्न आफू लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्षा धावा लामा, उपाध्यक्षा गिता विषट, नेकपा तीन नम्बर प्रदेशका सदस्य टंकलाल घिसिङ, नेता ज्ञान कुमार योञ्जन, सुनापती गाउँपालिका–२ का वडा अध्यक्ष कमल केसी लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्