वडाध्यक्षले दिए तिहार मनाउन कैदीबन्दीलाई खसी प्रकाशित मिति : Thursday, October 31, 2019 nayapulonline काठमाडाैँ । कारागारका कैदीबन्दीलाई चन्दननाथ नगरपालिका-५ का वडाध्यक्ष अर्जुन सिंह कठायतले तिहार मनाउन खसी प्रदान गरेका छन् । कैदीबन्दीले चाडपर्व हर्ष उल्लासका साथ मनाउन् भन्ने उद्देश्यले एउटा खसी प्रदान गरेको वडाध्यक्ष कठायतले बताए । तिहारको भाइटिकाको दिन मंगलबार विहान एक कार्यक्रममा वडाध्यक्ष कठायतले पत्रकार र प्रहरीको उपस्थितिमा जुम्ला कारागारमा रहेका ३ जना महिला सहित ८४ जना कैदीबन्दीलाई खसी हस्तान्तण गरिएका हुन् । उनले १२ हजार रुपैयाँ बराबरको खसी उपलव्ध गराएको बन्दी खड्कजित रोकायाले बताए । खसी बुझ्दै कैदीका चौकीदार खाम्बा रावतले भने, दसैं तिहार आएको गएको थाहा हुँदैन थियो, तर यस वर्ष दसै तिहार दुवै पटक खसी उपहार पाएर कैदीबन्दीहरु रमाएर दसैँ तिहार मनाए । वडाध्यक्ष कठायतले कैदीबन्दीलाई तिहारको शुभकामना दिँदै चाडपर्व सबैका लागि समान भएको बताए । उनले आफु प्रति हिनताबोधको सोचाई अन्त्य गरी कारागारपछिको जीवन एक उदाहरणीय रुपमा बिताउन सुझाब दिए । वडाध्यक्ष कठायतले व्यक्तिगत रुपमा खसी उपलव्ध गराएको बताए । हरेक बर्षको दसैँ तिहार कैदीवन्दीहरुसँग कुनै न कुनै अवसर मिलाएर व्यक्तिगत रुपमा भएपनि भेटघाट गर्ने इच्छा हुन्छ । यस बर्षको तिहारमा खसी ल्याएर भेटघाट गर्ने अवसर जुराएको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्