दोलखा । बडादशैं तथा शुभदिपावली २०७६ को अवसरमा दोलखाको भिमेश्वर नगरपालिका ९ मा बृहत सास्कृतिक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । सुर्के मावि भण्डारेको आयोजना तथा सुवेदि परिवार एकता समाजको सहआयोजनामा भएको कार्यक्रममा देशका ख्याति प्राप्त कलाकारहरु दिलिप थापामगर, शर्मिला बि.सि., कविता खत्री लगायतको उपस्थिती रहेको थियो ।
नेपाल कम्युनिष्ट पाटी ३ नम्बर प्रदेश कमिटी सदस्य शंकर लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य,अखिल नेपाल यायतायात मजदुर संघका केन्दिय उपाध्यक्ष एंव सुवेदी परिवार एकता समाजका अध्यक्ष सृुन्दर कुमार के.सी.,अखिल नेपाल यायतायात मजदुर संघ काभ्रेका अध्यक्ष जय के.सी., भिमेश्वर नगरपालिका ९ का वडाध्यक्ष चित्र बहादुर भुजेल लगायतको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा राष्टिय तथा स्थानिय कलाकारहरुले बजोड प्रस्तुती मार्फत सहभागीहरुलाई भब्य मनोरञ्जन प्रदान गरेका थिए ।
बडादशैं तथा शुभदिपावलीको अवसरमा दोलखामा बृहत सास्कृतिक कार्यक्रम सम्पन्न

प्रतिक्रिया दिनुहोस्