काठमाडौँ । काभ्रेमा बिहिबार दिउँसो बस दुर्घटना भएको छ । चौँरीदेउराली गाउँपालिकाको मादन कुडारीबाट काठमाडौँ आउदै गरेको अरनिको यातायात सेवा समितिको बा २ ख ६३८६ नम्बरको बस भुम्लु गाउँपालिका वडा नं ७ फलाटेमा दुर्घटना भएको हो।
ब्रेकफेल भइ सडकमै बस पल्टिदा १० भन्दा बढी यात्रु घाइते भएको र घाइते मध्य जगतबहादुर चौलागाईंको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइतेहरुलाई एम्बुलेन्स र बोलेरोमा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्