काठमाडौं। डोल्पा जिल्लाको त्रिपुराशुन्दरी नगरपालीकाको मेयर ओमबहादुर बुढाले नगरपालीकाको बिकासको लागी आफुले कृषि क्षेत्रलाई प्राथमिकता राखेको बताएका छन । बिहिबार असलसंञ्चार सँग कुराकानी गर्दै मेयर बुढाले कृषि क्षेत्रमा पनी अझ विशेष फलफुल खेतिलाई अगाडि बढाउने योजनामा आफ रहेको बताए ।
फलफुल र जडिबुटिको लागी प्रशिद्ध त्रिपुराशुन्दरी नगरपालिकामा आफ्नो पहलमा ३५,००० स्याउको बिरुवा तथा ९००० अंगुरको बिरुवा वितरण गरीएको मेयर बुढाले जानकारी दीए । त्यस्तै यस बर्ष ५०००० स्याउको बिरुवा र ४००० स्याउको बिरुवा स्थानीय क्षेत्रको नर्शरीबाट त्यस्तै भारतको महाराष्ट्र प्रदेश बाट ६००० बिरुवाहरु खरिद गरेर वितरण गरीएको बुढाले बताए ।
२२०० घरधुरी रहेको उक्त नगरपालिकाका जनता आफ्नै ब्यवसायीक खेतीमा लागेर मनग्य आम्दानी गरीरहेकोले बेरोजगारीको समस्या यती नरहेको बताए । फलफुलर तरकारीहरु प्रसस्त हुने भएकोले अधिकाशं जनता कृषिमा निर्भर रहेको बुढाले दाबि गरे । फलफुलबाट प्रशस्त आम्दानी हुने साथै अंगुरबाट वाइन निर्माण, स्याउबाट जुस निर्माण गर्ने उनको योजना छ । साथै अंगुरको चाना सुकाएर किसमिस उत्पादन गर्नको लागी नगरपालीकाले ८ थान सोलार वितरण गरिसकेको र अर्को बर्ष २५ वटा सोलार वितरण गर्ने पनि उनको लक्ष्य रहेको छ । साथै उत्पादन बढाउनको लागी बिरुवाको संरक्षणमा जोड दिइरहेको पनि उनले बताए ।
उक्त नगरपालिका भित्रका २२०० घरधुरीलाई पशुपन्छिको मुत्र संकलन गरेर सबै घरधुरीमा कम्पोस्ट मलको निर्माणका लागी कर्णाली प्रदेशको कृषि मन्त्रालयमा बजेटको माग गरेको पनि बुढाले बताए । साथै जडिबुटिको मुख्य केन्द्र डोल्पा जिल्लामा यार्शागुम्बा, जटामसी ,पाँचऔले जस्ता जडिबुटी पाइन्छन । जटीबुटीको प्रर्बद्धनमा पनि आफुले बिशेष जोड दिएको उहाँले बताउनुभयो । साथै शिक्षा क्षेत्रमा भने बुज्रुवा शिक्षालाई परिमार्जन गर्दे स्तरिय शिक्षाको विकास आफु लागीपरेको मेयर बुढाले बताए ।
नगरपालीकामा ३२ वटा विद्यालय रहेका छन जसमा एउटा उच्च मावि र ४ वटा मावि रहेका छन ।बाकी प्राथामीक बिद्यालय रहेका छन । आफ्नो पहलमा प्रावि तहका विद्यार्थिहरुलाई निशुल्क खाजा र अंग्रेजि माध्यममा पठनपाठनको शुरुवात भएको मेयर बुढाले बताए । नगरपालीकाको स्वास्थ्य क्षेत्रमा प्रत्येक वडामा स्वास्थ्य चौकी रहेको स्थानियको सुबिधा हुने ठाँउमा १५ शैया अस्पतालको माग गरिरहेको उनले बताए । उक्त कामको लागी जग्गा ब्यवस्थापन भईरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्