नारायणगढ। बुटवल सडक विस्तार आयोजनाका सम्बन्धमा कावासोती नगरपालिकामा विहिवार भएको छलफलबाट नगर प्रमुख चन्द्र कुमारी पुनको संयोजकत्वमा ११ सदस्यीय समन्वय समिति गठन गरिएको छ ।
नगर उपप्रमुख प्रेम शंकर मर्दनिया सह संयोजक र पूर्व पश्चिम राजमार्ग आसपास रहेका कावासोतीको वडा नम्बर दुईका वडा अध्यक्ष लक्ष्मी प्रसाद पौडेल , तीनका अध्यक्ष अमृत श्रेष्ठ , आठका अध्यक्ष आनन्द गुरुङ्ग, नौका अध्यक्ष नेत्र प्रसाद खतिवडा ११ का अध्यक्ष शारदा प्रसाद अधिकारी र १६ अध्यक्ष एकादत्त वस्ति , कावासोती नगरपाकिलाका प्रमुख प्रशाशकिय अधिकृत रोशन ज्ञवाली सम्मिलित समन्वय समिति गठन गरिएको हो ।
आयोजनाको काम गर्दाका बखत कुनै पनि समस्या आएमा , बादविवाद आएमा सहजीकरण गरेर काम गर्न सहज वातावरण गराउन सहयोग पुर्याउने काम , समितिले गर्ने छलफलमा सहभागि वडा नम्बर दुईका वडा अध्यक्ष लक्ष्मी प्रसाद पौडेलले जानकारी दिए ।
छलफलका क्रममा खानेपानी , विद्युत् , सोलारबत्ति लगायतका पूर्वाधारहरुको ब्यवस्थापन गरेर मात्रै आयोजनाको काम सुरु गर्न माग गरिएको कावासोती नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रोशन ज्ञवालीले जानकारी दिए ।
खानेपानीका पाईप लाईनमा प्रत्यक्ष असर पर्ने हँुदा पाइपको ब्यवस्थापन , विद्युत्का तारलाई अन्डरग्राउण्ड , निर्माणको चरणमा धुलो धुँवाले स्वास्थ्य र वातावरणमा प्रत्यक्ष असर पार्ने हुँदा न्युनिकरण , सडक पोलमा सोलारबत्ति अनिवार्य जडान गर्नुपर्ने र कावासोती नयाँ जिल्लाको सदरमुकाम भएकाले सडक निर्माण गर्दा बिच भागमा रुख विरुवा रोपेर हरित क्षेत्र समेत निर्माण गर्नुपर्ने आयोजनाका प्रतिनिधीहरुसंग माग गरिएको ज्ञवालीले बताए । छलफलबाट निस्किएका मागहरु तर्फ आयोजनाले वेवास्ता गरेमा काम गर्नका लागि सहज वातावरण बन्न नसक्ने भन्दै यी काम पुरा गरेपछि मात्रै काम सुरु गर्न सकिने जानकारी आफुहरुले गराएको ज्ञवालीले बताए ।
चार लेन सडक विस्तरको काम यसै आर्थिक वर्षभित्रबाट गैडाकोटको थुम्सि र कावासोतीको खरकट्टा जंगल क्षेत्रबाट सुरु गर्ने योजना अनुसार अहिले आयोजनाले छुने स्थानीय तहहरुमा छलफललाई तिब्रता दिएको आयोजनाका इन्जिनीयर सुरेश पौडेलले बताए । छलफलका क्रममा स्थानीय तहबाट पूर्वाधारको ब्यवस्थापन गर्न आग्रह गरिएको भए पनि आफुहरुले विशुद्ध रुपमा सडक मात्रै निर्माण गर्ने जिम्मा पाएकाले केहि अप्ठेरो हुने पौडेलले बताए । सम्बन्धित स्थानीयको माग सम्बोधन नभए काम गर्न असहज हुने हुँदा यस विषयमा माथी कुरा राख्ने र ब्यवस्थापन गर्नतर्फ आफुहरुले पहल गर्ने उनको भनाई छ ।
आयोजनाको काम पहिलो चरणमा जंगल क्षेत्रबाट सुरु गरिदै छ । बजार क्षेत्रबाट सुरु गर्दा जनजिवनमा बढि प्रभाव पर्ने हुँदा सुरुमा जंगल क्षेत्रमा काम सम्पन्न गरेपछि बजार क्षेत्रमा काम सुरु हुने पौडेलले बताए । सडक विस्तार अन्र्तगत बजार क्षेत्रमा छ लेन , जंगल क्षेत्रमा चार लेन र दाउन्ने क्षेत्रमा तीन लेन निर्माण गरिने जनाईएको छ ।
प्रतिक्रिया दिनुहोस्