भारतीय चर्चित टेलिभिजन च्यानल आजतकले नेपाली अभिनेता राजेश हमाललाई बलिउडका महानायक अमिताभ बच्चनसँग तुलना गरेको छ । हमालबारे लेखिएको ४ सय ७४ शब्दको रिपोर्टमा आजतकले खुबै प्रशंसा गरेको छ ।

अभिनेता हमालका पिता चुडा बहादुर हमाल राजनैतिक नियुक्तीबाट पाकिस्तानका लागी नेपाली राजदुत बनेका थिए । उक्त समयमा नेपालमा अभिनय भन्ने कुरा निकै सामान्य कामको रुपमा लिइन्थ्यो । चलचित्र क्षेत्रमा आउनका लागी हमालले परिवारको निकै विरोध सहनुपरेको समेत भनिएको छ । उनका पिता छोराको अभिनय यात्रालाई कहिल्यै सहमती नजनाएको समेत आजतकले जनाएको छ ।
राजेशले भारतको पन्जाब युनिभर्सिटीबाट एमए डिग्री हासिल गरेका थिए । पछि उनले मस्कोबाट आफ्नो अध्ययन पुरा गरेका थिए । हमालले आफ्नो केशलाई निकै माया गर्थे । कतिसम्म भने हमालले आफ्नो बुबाको अन्तिम संस्कारमा परम्परा समेत तोडेर केश काटेका थिएनन् ।
हमाल पछिल्लो समय बहुचर्चित टेलिभिजन शो ‘को बन्छ करोडपति’ को होस्ट गरिरहेका छन् । हमालले आफुभन्दा २२ बर्ष कान्छि मोडल मधु भट्टराईसँग बिहे गरेका थिए । उनिहरुको प्रेम सम्बन्ध निकै रोचक छ । उनिहरु पहिलोपटक २००४ मा आयोजित लक्स ब्युटि स्टार कार्यक्रममा भेट भएका थिए । लामो समयको डेटपछि २०१४ मा उनिहरुले बिहे गरेका थिए । रिपोर्टमा २२ बर्षको उमेर अन्तर भएपछि हमालको दाम्पत्य जिवन निकै राम्रो चलेको जनाइएको छ । आजतकले अन्तिममा जोडेको छ, ‘भारतमा अमिताभ बच्चनको जुन लोकप्रियता छ, त्यस्तै नेपालमा राजेश हमालको चर्चा छ ।’
प्रतिक्रिया दिनुहोस्