‘गलबन्दी’गीत चोरीएको भन्ने आरोपमा यसो भन्छन् गायक प्रकाश सपुत

‘गलबन्दी’गीत चोरीएको भन्ने आरोपमा यसो भन्छन् गायक प्रकाश सपुत

काठमाण्डौ/दुई साता अघि सामाजीक संजाल युट्युब मार्फत सार्वजनिक ‘गलबन्दी’ बोलको गीत अहिले चर्चामा छ । जसको रचनाकार हुन गायक प्रकाश सपुत । यो गीत उनी स्वयमले गायका हुन । नेपालको मौलीक लयमा आधारीत यो गीत पछिल्लो ६ दिनदेखि लगातार युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा रहेको छ । यो समाचार तयार पार्दासम्म उक्त गीतको भीडियो लाई ९० लाख भन्दा धेरैपटक हेरि सकिएको छ ।

जे चिजको धेरै चर्चा हुन्छ, त्यसको सकारात्मक र नकारात्मक पाटो बाहिरिनु स्वभाविक मानिन्छ । यस्तै भएको छ प्रकाश सपुतको अहिले बाहिर आएको गीत ‘गलबन्दी’ को पनि । मौलिकपन झल्कने भनी व्यापक चर्चा पाएको गीतलाई अहिले चोरीको आरोप लागेको छ ।

पछिल्लो पटक नेपाली गीतसंगीतको बजारमा ठुलो लगानी गरेर एक पछी अर्को गीत निकाल्ने होडबाजी चलिरहेको छ । गीतमा लगानी बढ्दै जाने क्रम र प्रतिफल न्यून हुने अबस्थाले गीत संगीत बजार नै थला पर्ने अबस्थामा व्यवसायी सर्जकहरु चिन्तित हुदै गर्दा गीत चोरी र जुधाईको मुद्दा अगाडी सरेको छ ।

त्यस्तै अहिले निकै चर्चामा रहेको गलबन्दी नामक गीत पनि यतिबेला आम दर्शक श्रोता र मिडिया कर्मी बीच ब्यापक छलफलको बिषय बनेको हो । गायक सर्जक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको स्वरमा रहेको यो गीत बरिष्ठ गायक शम्भु राईको गीत आउ नाचौ साथी हो कम्मर कसेर नामक गीत संग हुवहु भाका मिलेको सुनिन्छ ।

पुरा बिवरण हेर्नुस भिडियोमाः–

सुन्नुहोस् दुई गीतका भाकाहरुः

के भन्छन् प्रकाश सपुत

गीत चोरी भएको थाहा पाउने वित्तिकै हामीले प्रकाश सपुतलाई फोन गर्यौँ । टेलिफोन संवादमा प्रकाशले आफूले शम्भु राईको गीत भर्खरै पहिलोपटक सुनेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो गीतसँग मिल्यो भनेको गीत मैले शुक्रबार मात्र सुनेको हुँ, त्यो भन्दा पहिला गीत सुृनेको पनि थिइँन, गीतको लय मिलेको रैछ ।’

गायक सपुतले आफूले अब शम्भु राईसँग कुरा गरेपछि मात्र आधिकारिक धाराणा बाहिर ल्याउने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘शम्भु सरसँग औपचारिक कुरा भइसकेको छैन, उहाँले आधिकारिक रुपमा मलाई केही भन्नुभएको पनि छैन, गीत हुबहु त कसले कपि गर्छ र
आफूले शम्भु राईका धेरै गीतहरु सुनेको भएता पनि यो गीत चाँही नसुनेको सपुत बताउँछन् । उनले अब शम्भु राईले आधिकारिक धारणा प्रस्तुत गरेपछि वा उहाँसगको कुराकानीपश्चात मात्र आफ्नो धारणा राख्ने स्पस्ट पार्नुभयो ।’

प्रकाश सपुत र शान्तिश्री परियारको स्वरमा रहेको गीतमा स्वयं प्रकाशकै शब्द तथा संगीत छ । गीतको भिडियोमा प्रकाश आफैँ र मोडल अञ्जली अधिकारी देखिएका छन् ।

सामाजिक सञ्जालमा गीत चोरी भएको भन्दै प्रकाश सपुतको चर्चा सँगसँगै आलोचना पनि हुन थालेको छ । गीतको लय, शब्द, भिडियो र प्रकाश सपुत स्वयंले व्यापक चर्चा पाइरहँदा सामाजिक सञ्जालमा उनलाई गीत चोरेको आरोप लाग्न थालेको छ ।

शम्भु राईको गीतबाट शम्भु राईको गीत चोरी भयो भन्ने हल्ला चल्न थालेपछि हामील पनि शम्भु राईका पुराना गीतहरुको खोजी गर्न थाल्यौं । खोज्दै जाँदा पत्ता लाग्यो शम्भु राईको ‘आउ नाचौँ साथी हो कम्मर कसेर’ बोलको गीतसँग प्रकाशको ‘गलबन्दी’ बोलको गीत मिलेको पाइयो ।

‘गलबन्दी’ गीतको भाका गाउँदा प्रयोग भएको लय शम्भु राईको गीतसँग मिलेपछि केही मत्थर भएको ‘गलबन्दी’ले फेरि चर्चा पाएको छ । शुरुमा मौलिकपन झल्कने भन्दै प्रशंसा भएर चर्चा पाएको गीत अहिले भने चोरीको आरोपका कारण चर्चामा छ ।

स्मरण रहोस यसो त गायक प्रकाश सपुतलाई यस अघी पनी गीत चोरीको आरोप लागीसकेको छ । नेपाली लोकदोहोरीका लागि ट्रनीङ पोइन्ट मानिएको ‘सालको पात टपरी हुने र ‘पिडालु‘’ बोलको गीतसँग दुरुस्तै मिल्ने गरि आएको भन्दै प्रकाश सपुत र सुनिता अधिकारिको ‘लुरुरु हुरुरु‘’ नामक गीतले आम दर्शक श्रोता र मिडिया कर्मी बीच ब्यापक छलफलको बिषय बनेको थियो।

‘सालको पात टपरी‘’ हुने भन्ने गीत देश देखि विदेश सम्म गुनगुनाउँदै गरेको बेलामा प्रकाश सपूतले कसरि ‘लुरुरु भुरुरु‘ गीत निकाल्ने आट गरे । अर्को तर्फ तेजेस रेग्मी र बिष्णु माझीको आवाजमा रहेको गीत अहिले बजार तताई रहेको बेला ‘लुरुरु भुरुरु‘’ बजारमा ल्याउनु नै लज्जास्पद भएको भन्दै सामाजिक संजालमा बिरोध समेत भएको थियो ।
त्यसोत प्रकाश सपुतको ‘बोलमाया‘’ गीतबाट सबैका प्रिय व्यक्ति नबनेका पनि होइनन् । त्यस पछी फेरी गलबन्दी नामक गीत निकालेर सबैको वाहीवाही बटुली रहेका गायक प्रकाशलाई फेरी चोरीको आरोप लाग्नुमा उनीमाथी गम्भीर प्रश्न उत्पन्न भएको छ ।
युबा पुस्तामा लोकदोहोरी प्रतिष्ठानमा समेत दरिलो उपस्तिती जनाएका सपूतले गीतमा भाका हुबहु बनाउनुले ब्यापक बिबादमा तानिएका हुन् ।

पछिल्लो पटक सामाजिक सन्जालमा गीत मिल्नु या चोरिनु भन्ने बिषय ब्यापक चर्चामा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्