काठमाडौँ – पछिल्लो समय बोल माया गीतको सिक्वयलको रुपमा सार्वजनिक गरीएको ‘गलबन्दी’ गीतले निकै चर्चा पाएको छ ।
हालसम्म यस गीतलाई असि लाख बढिले हेरिसकेका छन् । उक्त गित ट्रेण्डिंग एकमै रहेको छ ।
पछिल्लो समय गलबन्दी युट्युबमा निकै चर्चित बनेपछी गायक प्रकाश सपुतको चौतर्फी चर्चा भइरहेको छ। गीतमा उनको मौलिकतालाई अत्यन्तै मन पराइएको छ ।
यहि बिचमा उनलाई नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनालले फोन गरेर बधाइ दिएका छन् ।
आइजिपी खनालले मौलिक गीत पस्केको भन्दै यस्तै गीतको निरन्तरताको लागी शुभकामना समेत दिएका छन् । यस्तै गायक प्रकाश सपुतले पनि ‘म जहाँ पुगेको छु त्यहाँ केबल “गल्बन्दी” को सफलताको चर्चा मात्रै नभइ लोक संगित र मौलिकताले आफूलाई दरो बनाएको भन्दै आफ्नो फेसबुकमा स्टाटस लेखेका छन् ।
सपुतले लेखेको फेसबुक स्ट्याटस यस्तो छ
प्रतिक्रिया दिनुहोस्