पुष्कर खड्का,रामेछाप/ तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले हेटौडालाई हेरेर मात्र प्रदेश तीनमा समृद्धि नआउने बताएका छन् । यसैलाई मध्यनजर गरी रसुवा ,रामेछाप लगायतका प्रदेशका सबै जिल्लाका दुरदराको अवस्था हेरेर योजना बनाइएको बताए ।
बजेटको बारेमा हेटौडामा आयोजना आयोजित एक अन्र्त्क्रिया कार्यक्रममा मन्त्री ढुंगेलले भूगोल, जनसंख्या, आवश्यकता, लक्षित समुह र वर्ग समुदायलाई आधार बनाएर बजेटको प्राथमिता निर्धारण गरिएको बताए । प्रदेश सरकारले आगामी बजेटमा पाँच प्राथमिकता निर्धारण गरेको बताएका छन् ।
उनले प्रदेशलाई समृद्ध बनाउने आधार तयार भइसकेकाले योजना कार्यान्वयन गर्न प्राथमिकता निर्धारण गरेर बजेट ल्याइने बताएका हुन् । प्रदेशभित्रको बेरोजगारी घटनाउनको लागि उद्योगमैत्री वातावरण बनाउने बताउदै उनले सामुहिक खेती प्रणालीको सुरुवात गरेको बताए ।
अहिलेको अवस्था प्राप्त गर्नको लागि निकै ठूलो संघर्ष भएको स्मरण गर्दै मन्त्री ढुंगेले यो सरकारले आर्थिक सामाजिक रुपान्तरण गर्ने ठूलो अवसर पाएकाले सही ढंगले सदुपयोग गरेर समृद्ध नेपाल निर्माण गर्ने बताए ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्रदेश चक्रपथ निर्माण, विद्युतीय वस सञ्चालन, प्लाष्ट्रिकमुक्त प्रदेश लगायतको कार्यक्रम अगाडि बढाइएको उल्लेख गर्दै प्रदेशलाई समृद्ध र सुन्दर बनाउने अभियानमा प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री ढुंगेले बताए । बजेट नेतामुखी भएको छैन, सबैको भावना समेटेर सरकारले काम गरेको छ, उनले भने ।
प्रदेशभित्रको बेरोजगारी घटनाउनको लागि उद्योगमैत्री वातावरण बनाउने बताउदै उनले सामुहिक खेती प्रणालीको सुरुवात गरेको बताए । ‘प्रदेश सरकारले बाझो फुटाउने काम गरेको छ, आली लगाउने बिउ राख्ने काम गरेको छ, अब भदौबाट काम गछौं’, मन्त्री ढुंगेले भने,‘अनुभव बटुलेका छौ, संरचना बुझेका छौ, कर्मचारीको अभाव पनि झेल्यौ,‘अब बजेट खर्च विगतकोजस्तै हुन्छ कि भन्ने चिन्ता गर्न आवश्यक छैन, बजेट कार्यान्वयमा सरकारले विशेष ध्यान दिने छ ।’
अहिलेको अवस्था प्राप्त गर्नको लागि निकै ठूलो संघर्ष भएको स्मरण गर्दै मन्त्री ढुंगेले यो सरकारले आर्थिक सामाजिक रुपान्तरण गर्ने ठूलो अवसर पाएकाले सही ढंगले सदुपयोग गरेर समृद्ध नेपाल निर्माण गर्ने बताए । नेकपा नेतृत्वको सरकारले गर्न नसक्ने अरुले गर्न नसक्ने बताउदै उनले भने,‘समाजवादको बाटोमा अगाडि बढेका छौं । हामी धावन मार्गमा उभिएका छौ । सिठ्ठी फुक्ने वित्तिकै दौडिन्छौं ।’
‘जनताको आवश्यक पहिचान गरेर योजना छनोट भएका छन’,‘तीन नम्बर प्रदेशका नागरिकहरुलाई समृद्ध बनाउने नीति तथा कार्यक्रम पारित भइसकेको छ, अब बजेट पनि सोही अनुसार आउछ ।’ प्रदेश सरकार अन्तर्गत रहेको सबै जिल्लाभित्र कहाँ के गर्ने भन्ने विषयमा योजना आइसकेका छन्, अब प्राथमिकता निर्धारण गरेर बजेट आउछ, उनले भने । हेटौडालाई हेरेर मात्र समृद्धि नआउने बताउदै मन्त्री ढुंगेलले रसुवा, रामेछाप लगायतका प्रदेशका सबै जिल्लाका दुरदराको अवस्था हेरेर योजना बनाएको बताए ।
प्रतिक्रिया दिनुहोस्